बेल्जियमका प्रधानमन्त्रीले गरे नेपाली किशोर गायकलाई अंकमाल
Advertisement
‘१३ औ इन्टरनेशनल फेष्टिबल अफ ल्याङ्वेज एण्ड कल्चर -आइएफएलसी’मा सहभागी हुन रोमानियाँ पुगेका नेपाली किशोर गायक अमन प्रधान १० औं स्थानमा पर्न सफल भएका छन् । खेलकुदको ओलम्पिक जस्तै मानिने यो महोत्सवमा उनी गीत गायनमा मात्र छनोट भएनन्, १० औं स्थानमा पनि पर्न सफल भएका हुन् ।
अमनले गायक विधामा प्रतिस्पर्धा गरेका थिए । उनै अमनले वेल्जियम पुगेर त्यहाँका सरकार प्रमुखलाई भने आफ्नो प्रतिभाले मोहित तुल्याएका छन् ।
अमनको प्रतिभा देखेर बेल्जियमका प्रधानमन्त्री चार्लस मिचेलले उनलाई अंकमाल गर्दै तस्बिर खिचाएका थिए । उनले किशोर गायकको प्रतिभाको प्रशंसा पनि गरेका थिए ।
यस्तै, बेल्जियमका उपप्रधान तथा परराष्ट्र मन्त्री डिडिएर रियन्डर्सले अमनको टोलीलाई कार्यलयमा डाँकेर खाजा पनि खाएका थिए । बेल्जियम सरकारको वधाई थापेर अहिले अमन टर्कीमा छन् । उनी जुन १०, ११ र १२ मा टर्कीमा आयोजना हुने कन्सर्टमा सहभागी भएर जुन १३ मा नेपाल र्फकनेछन् ।

Advertisement



