चर्चित गायिका रजिना रिमालले गरिन् बिहे
Advertisement
नेपाली चलचित्रकी चर्चित पाश्र्व गायिका रजिना रिमाले बिबाह बन्धनमा बाँधिएकी छिन् ।
काठमाण्डौको चर्चित श्रेष्ठ टेलरिङका मालिकका छोरा विनोदसँग चर्चित गायिकाले बिहे गरेकी हुन् । बिहे गरेकाले उनी गीत रेकडिङमा पनि जान सकेकी छैनन् । उनले गीत रेकर्डका लागि बोलाउने संगीतकारसँग एक हप्ताको समय मागेकी छिन् ।
रजिनाको बिहेका चलचित्रकर्मीको खासै उपस्थिती थिएन । ‘नाई नभन्नु ल को शिर्ष गीत, मर्ने कसैलाई रहर हुँदैन, पागल म बन्न सक्छु, म मर्ने बेला तिमी चै आउनु’ लगायतका चर्चित गीतकी गायिका रिमाललाई हार्दिक वधाई तथा शुभकामना ।

Advertisement



