'बिहेअघि कसैसँग लभ गरिनँ/कुरा नमिलेपछि हामी अलग भयौं
Advertisement

पेसाले चिकित्सक हुन्, सीके सिंह। रुचि भने कलाक्षेत्रमा छ। बुद्धनगरस्थित हेम्स हस्पिटलमा कार्यरत उनी विभिन्न मेडिकल कलेजमा पढाउने पनि गर्छिन्।


'प्रिन्सिपल अफ एनाटोमी एन्ड साइक्लोजी', 'ब्यासिक एनाटोमी एन्ड साइक्लोजी', 'अ कम्प्लेट सोलुसन टु एनाटोमी एन्ड साइक्लोजी'जस्ता पुस्तक लेखेका उनले अरू पनि पहिचान थपेका छन्, नायक एवं मोडेल।

पाँच वर्षअघि स्वरूपराज आचार्यले गाएको 'माग भन्यौ माया मागेँ' गीतको भिडियोमा पहिलोपटक मोडलिङ गरेर कलायात्रा आरम्भ गरेका डा. सिंह चलचित्र 'मखमली'मार्फत नेपाली रजतपटमा नायकका रूपमा डेब्यु गर्दैछन्।

मैथिली, भोजपुरी एवं नेपाली गरी दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेका उनी भोजपुरी चलचित्र 'वेवाफा सजनियाँ'का नायक पनि हुन्।
मैले जीवनमा कुनै केटीसँग प्रेम गरिनँ। परिवारमा विश्वास गर्ने मान्छे भएकाले आमाबुवाले खोजिदिएको केटी ठिकै होला भन्ने लागेर विवाह गरेँ।
सानैदेखि भर्सटाइल स्वभावका सिंह व्यस्तताका पर्याय मानिन्छन्। तापनि कला क्षेत्रका लागि उनी कम्प्रमाइज गर्न चाहँदैनन्।

'रुचि छ भने समय निकाल्न गाह्रो हुँदैन', उनको भनाइ छ, 'यो क्षेत्रमा आफ्नो लगानी नभएकाले प्राप्ति पनि छैन। मैले पाउने भनेकै सन्तुष्टि र दर्शकको मायामात्रै हो।'

सप्तरीमा जन्मेका उनको जीवन दुई ढुंगामा चलिरहेको छ। 'अस्पताल जाँदा, कलेज पढाउँदा म फर्मल पोसाकमा जान्छु तर कला क्षेत्रमा स्टाइलिस र फेसननेबल हुन्छु। मलाई फेसनेबल पोसाकमा कम्फर्ट लाग्छ', उनको भनाइ छ।

बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियान नेपालका सद्भावना दूतसमेत रहेका डा. सिंहको केही महिनाअघि मागी विवाह भएको हो।

'मैले जीवनमा कुनै केटीसँग प्रेम गरिनँ। परिवारमा विश्वास गर्ने मान्छे भएकाले आमाबुवाले खोजिदिएको केटी ठिकै होला भन्ने लागेर विवाह गरेको हुँ', उनले भने।
-------
-------

एक दशकअघि रामकृष्ण ढकालको 'भो मायाको कुरा नगर' गीतको भिडियोमा पहिलोपटक मोडलिङ गरेपछि वर्षासिंह क्षेत्रीलाई यस क्षेत्रमा मोह बस्यो। '१७ वर्षकी थिएँ। पहिलो म्युजिक भिडियो नै स्टार गायकको।

पारिश्रमिक पनि पाएपछि कति खुसी भएँ कुरै नगरौं', उनी स्मरण गर्छिन्। जनकपुरमा जन्मेकी उनलाई कला क्षेत्रमा लाग्न परिवारले नै प्रेरित गरेका हुन्।  स्कुले जीवनदेखि नृत्य गर्न थालेकी उनलाई बुवाले काठमाडौं ल्याई नृत्य कक्षामा भर्ना गरिदिएका थिए।

'करिअर अगाडि बढाउन सजिलो होला भनेर १८ वर्षको उमेरमा चलचित्र क्षेत्रकै मान्छे (विशाल विष्ट)सँग विवाह गरेँ। तर विचार मिलेन, अलग भयौं', उनी भन्छिन्, 'पुन: विवाहका बारेमा सोचेकी छैन। अहिले म काम र करिअरमा फोकस भएकी छु।'

पेसाले उनी इभेन्ट म्यानेजर एवं डिजाइनर हुन्। रेड पान्डा डान्स एन्ड मेडिया हाउसमार्फत उनले जापान, कतार, मलेसिया एवं युरोपका विभिन्न मुलुकमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेकी छन्।
करिअर अगाडि बढाउन सजिलो होला भनेर १८ वर्षको उमरमै चलचित्र क्षेत्रको मान्छेसँग विवाह गरेँ। तर विचार नमिलेकाले हामी अलग भयौं।
मोडलिङलाई समेत निरन्तरता दिइरहेकी वर्षाले 'डुबायो पापी मायाले', 'मखमली चोली चाहिँदैन', 'ए ठूली', 'पिरतीको खेल मैदानमा'लगायत दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेकी छन्।

'जीवन कलाक्षेत्रबाट चलिरहेको छ। आफ्नै बलबुताले यहाँसम्म आएँ', उनी भविष्यको योजना सुनाउँछिन्, 'अब अभिनयसँगै निर्माणतिर लाग्छु।'

उनी कमेडी चलचित्र 'काफल पाक्यो'बाट नायिकाका रूपमा डेब्यु गर्दैछिन्। आफूलाई फिट एन्ड फाइन राख्न उनी खानामा ध्यान दिने, जगिङ गर्ने, जिम जाने, नृत्य गर्ने गर्छिन्।

'आँखालाई आकर्षित गर्नु ग्ल्यामर हो। कलाक्षेत्रका लागि यो आवश्यक छ', ग्ल्यामरबारे उनी अथ्र्याउँछिन्, 'हरेकको नजर पर्ने भएकाले कला क्षेत्रको चर्चा बढी हुनु स्वभाविकै हो।'
source annapurnapost

Advertisement



प्रतिक्रिया दिनुहोस्...