Breking News.. सिन्धुपाल्चोक केन्द्रबिन्दु पारी फेरी अर्को भूकम्प..
Advertisement

काठमाडौं : बुधबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।


दिउँसो १ बजेर ३७ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मंगलबार बिहान २ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोक नै केन्द्र भएको ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

वैशाख १२ को शक्तिशाली भूकम्पपछि लगातार परकम्पन जाने क्रम जारी छ । तर ६ म्याग्निच्यूड भन्दा तलका परकम्पनबाट क्षति नहुने भएकाले नडराउन राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहानै २ बजेर १८ मिनेटमा हुम्लामा नयाँ भूकम्प गएको थियो । ४.१ म्याग्निच्यूडको भूकम्पले हुम्ला र आसपासका जिल्ला हल्लाएको थियो । स्रोत : annapurnapost

Advertisement



प्रतिक्रिया दिनुहोस्...