-सिन्धुपाल्चोक केन्द्र भएर बिहानै भूकम्पको धक्का..
Advertisement

२७ जेठ, काठमाडौं ।

दुई दिनसम्म चुप लागेर बसेको भूकम्प आज फेरि एकाबिहानै गएको छ । बैशाख १२ गते आएको भूकम्पका कारण पराकम्पन जाने क्रम केही कम भएपनि अझै रोकिएको भने छैन ।

आज बिहान २ बजेर ५० मिनेट जाँदा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक केन्द्र भएर गएको सो भूकम्प आज बुधबारको पहिलो झट्का हो ।

यसअघि आइतबार सिन्धुपाल्चोक र दोलखा भएर दुईपटक पराकम्पन गएका छन ।सोमबार र मंगलबार ४ रेक्टर स्केल माथिका भूकम्प गएका छैनन । Source: Nepali Headline.com

टेबल हेर्नुस्



Advertisement



प्रतिक्रिया दिनुहोस्...