पारसकी थाई प्रेमिकाका नेपाली ‘मित्र’ बढ्दै कोही भन्छन् नेपाल आऊ, कोही भन्छन् मुख नदेजाऊ
Advertisement
पूर्वयुवराज पारस शाहकी थाई प्रेमिका कन्निका चाइसार्न पछिल्लो समय फेसबुकमा नेपाली साथीहरुसित रमाउन थालेकी छिन् । फेसबुकमा उनलाई साथी बनाउने नेपालीहरुको संख्या पनि ह्वात्तै बढेको छ ।चार वर्ष पुराना प्रेमी पारस साह नेपाल फर्केर ‘गुप्तवास’ बसिरहेका बेला कन्निकाले फेसबुकमा मन बहलाउन थालेकी हुन् । रातो साडी-चोलो लगाएको प्रोफाइल पिक्चर मन पराएर थुप्रै नेपालीले प्रशंसा गरिदिएपछि उनी मख्ख परेकी थिइन् ।
अंग्रेजीमा लेखिएको स्पष्टीकरणको भाव थियो, ‘पि्रय साथीहरु, म एकमद सिधा व्यक्ति हुँ, पारससित एउटा दुर्घटनाका कारण भेट भयो । त्यतिबेला मलाई उनी विवाहित हुन् भन्ने थाहा थिएन । किनकि, मेरो अरु कोही नेपाली साथी थिएनन् । म तपाईंहरु सबैसित क्षमा माग्छु ।’ फेसबुकमा कन्निकालाई फुर्क्याउनेहरुको पनि पाकमी छैन । कसैले उनलाई ‘नेपाली प्रिन्सेस’ भनेर सम्वोधन गर्नसमेत भ्याएका छन् भने कसैले नेपाल आएर रससित नयाँ जीवन थाल्न सुझाएका छन् । कन्निकाको फेसबुकमा आएका केही प्रतिनिधि कमेन्ट यस्ता छन् :माम्स पुष्पको व्यवसाय पारखी हुन् पारस भन्ने तिम्रा साजन । नाम नखुलेको कालो पदार्थले अपरब्रेन सिध्यायो ।
अब कामबासना सिवाय यो मत्र्यलोकमा केही गर्लान्जस्तो मलाई लाग्दैन तिमीले हाम्रा पूर्वयूवराजको ज्यान जोगायौ । उनलाई खराब समयमा साथ दियौ । सबै नेपालीको तर्फबाट धन्यवाद छ । अब उनलाई आफ्नो परिवारसित रमाउन देउ । तिमी पनि आफ्नो परिवार बसाल । -नेपाल र नेपालको राजपरिवारका विषयमा जेसुकै सोच, तिमीलाई नेपाल आउन अनुमति छैन । गोर्खालीहरु नेपालमा तिम्रो मुख हेर्न चाहँदैनन् । तिमीले नेपालका पूर्वयूवराजको ज्यान बचाएकी छौ । त्यसैले पारसमाथि तिम्रोमात्रै हक लाग्छ । तिमीलाई नेपालमा स्वागत छ ।प्लिज कन्निका, आफ्नो लागि अरु कोही खोज । नेपाली युवराज्ञीको जीन्दगी नबिथोलिदेउ । एउटी स्त्री भएर अर्की स्त्रीको भावना बुझ ।source:tazakhabar
Advertisement