मनोज गजुरेलका दर्जन प्रश्न र उत्तर एक निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई हार–दिक्क बिदाइ जसले आफ्नो पद सहिद बनाए, तर अरू धेरैजनालाई सबक सिकाएर गए ।
Advertisement
१. हरिबिजोग भनेको के हो ? २. ‘हरिओम् स्वाहा’ भन्नाले के बुझिन्छ ? ३. नेपाली स्ल्यांगमा ‘हरिप पारा’ केलाई भन्छन् ? ४. कर्मको फलको उदाहरण के हुन्छ ? ५. जोसमा होस नपुर्याउँदा कस्तो गति हुँदो रहेछ ? ६. हरिलठ्ठक कस्तालाई भन्छन् ? ७. ‘ए हरि, डल्लो परी’को सप्रसंग व्याख्या गर्नुस् । ८. ‘फिर्ता लगे हरिलाई, कठैबरी’लाई कुन मन्त्रीको कथामा आधारित सिनेमा हुनेछ ? ९. ‘मूलैको पानीले, आँखा सन्काई नानीले, स्वात्तै चिप्लेँ झिल्के बानीले’ यो कसको भनाइ हो ? ‘ १०. आकाशको राहु पातालको केतु, एकपटक नपरी कसरी चेतु’ भनेको के हो ? ११. ‘पूर्वीय समाजमा पश्चिमा चाला, नपच्ने व्यवहारले मन्त्री पद खाला’ कसरी ? १२. ‘धानै खायो गाई तारे मालीले, मलाई खायो खेतैको आलीले’ भन्नाले के बुझिन्छ ? (निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई हार–दिक्क बिदाइ जसले आफ्नो पद सहिद बनाए, तर अरू धेरैजनालाई सबक सिकाएर गए ।)source:nayapatrica

Advertisement