अब फेसबुकमा भिडीयो अपलोड गरेर पैसा कमाउन सकिने
Advertisement
ओएस नेपाल, काठमाडौं, १८ असार – अब फेसबुकमा आफ्नो मौलिक भिडीयो अपलोड गर्नेले पैसा कमाउनु सक्नेछन् । फेसबुकले नयाँ फिचरको रुपमा सजेस्टेड भिडियो फ़ीचर ल्याएको छ । यस फिचरले कयौं यूजर्सको भिडीयो क्लिप्स र विज्ञापनलाई मिलाएर स्वचालित रुपमा एक भिडियो तयार गर्दछ, सो भिडियोलाई जतिधेरै मानिसले हेर्नेछन त्यतिनै धेरै आम्दानी हुनेछ तपाइको । भिडीयोमा राखिएको विज्ञापनबाट हुने आम्दानीको ४५ प्रतिशत फेसबुकको हुनेछ ।
यसै वर्ष जुनमा अमेरिकाको एक कम्पनीले आफ्नो केहि कार्यक्रम फेसबुकबाट प्रसारण गर्ने घोषणा गरेको छ । भिडीयो हाले बापत पैसा पाउने भएपछि बिभिन्न भिडीयो निर्माताले आफ्नो कन्टेन सहितको भिडीयो फेसबुकमा अपलोड गर्न जानाएका छन् । यूट्यूबमा भिडीयो अपलोड गर्ने व्यक्तिलाई यूट्यूबमा देखाइने विज्ञापनबाट हुने कमाईको ५५ प्रतिशत दिने गरेको छ । तर फेसबुकले भने ५५ प्रतिशत कयौं यूजर्सलाई बाढने गर्दछ ।
मारौलीले भने “यो कुनै असामान्य वा आदर्श मोडेल होइन। तर फेसबुक र यूट्यूबबीच भिडीयो अपलोड गर्ने लाई आफ्नो तर्फ आकर्षित गर्ने होड पनि हुनसक्छ “।२०१५ को पहिलो तीन महिनामा फेसबुकले विज्ञापनबाटमात्र ३.३ अर्ब डलर आम्दानी गरेको छ । यसमा ७५ प्रतिशत मोबाइलमा आउने विज्ञापनबाटमात्र कमाई भएको छ ।

Advertisement