.गुण्डानाइके घैंटे र शिक्षामन्त्री यादवको यो कस्तो सम्बन्ध ?
Advertisement
काठमाडौं । चर्चित गुण्डा नाइके कुमार घैंटेको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षामन्त्री चित्रलेखा यादव सहभागी भएपछि उनीहरुबीचको सम्बन्धका बारे अनेकथरी शंका उत्पन्न भएको छ । गुण्डागर्दीबाट अकुत सम्पत्ति बटुलेका घैंटेले पैसा वितरण गर्नकै लागि आयोजना गरेको एक कार्यक्रममा शिक्षामन्त्री यादव सहभागी भएकी थिइन् । गत १७ गते सामाखुसीमा घैंटेले आयोजना गरेको पैसा बाँढ्ने कार्यक्रममा मन्त्री नै संलग्न भएपछि स्थानीयहरु अचम्ममा परेका थिए ।
घैंटेका प्रमुख संरक्षक रहेका कांग्रेस नेता जगदिश्वर नरसिंह केसी तथा सभासद् भिमसेनदास प्रधान समेत उक्त कार्यक्रममा सहभागी भएका थिए । जुन विद्यालयका विद्यार्थीलाई पैसा बाँडिएको छ, त्यहीं विद्यालयबाट घैंटेले धम्क्याएर पैसा असुल्ने गरेका थिए । कांगेसको साथमा क्लब खोलेर घैंटे खुलेयाम अनेक गतिविधि संचालन गरिरहेका छन् ।
एसएसपी पुष्कर कार्की अपराध महाशाखाको प्रमुख हुँदासम्म ज्यान बचाउँन विदेश भागेका घैंटे अहिले कांग्रेस नेता गगन थापाको नाममा धम्क्याउँदै पैसा उठाउँदै हिडेका छन् । र, उनले प्रहरीलाई समेत आफ्नो पकडमा लिएको अनुमान गरिएको समाचार दृष्ट्रि साप्ताहिकमा प्रकाशित छ ।source yeskathmandu.com
Advertisement