.यी हिरोइनले पनि गरिन सुटुक्क विवाह
Advertisement
शाहिद कपुरको विवाहले चर्चा पाइरहेको अवस्थामा एक बलिउड अभिनेत्रीले पनि सुटुक्क विवाह गरेको खुलासा भएको छ। समिक्षकले राम्रो टिप्पणी गरेको फिल्म 'यहाँ'बाट बलिउडमा डेब्यू गरेकी मिनिषा लाम्बाले सोमबार आफ्ना प्रेमी रायन थामसँग विवाह गरेकी हुन्। मिनिषाको विवाह गरेको खुलासा अर्की बलिउड अभिनेत्री पूजा बेदीले आफ्नो ट्विटर मार्फत गरेकी हुन्।
पूजाले उनको विवाहको खूलासा गरे पनि मिनिषा स्वयमले भने औपचारिकरुपमा केही बोलेकी छैनन्।source kala.setopati

Advertisement



