मैले अनैतिक काम गरेको छैन, त्यही घटनालाई लिएर आफूले राजीनामा नदिने-कृषि मन्त्री पराजुलीले
Advertisement
कृषि मन्त्री हरिप्रसाद पराजुलीले मंगलबार राजधानीको मूलपानीमा भएको घटनालाई अनावश्यक रुपमा बढाइचढाइ गरिएको बताएका छन्।
उनले सामाजिक संजाल तथा संसदमा आफ्नो विरोध गर्नुको कुनै अर्थ नभएको पनि बताए। पार्टीले मन्त्रीमण्डलबाट फिर्ता बोलाए जतिबेलापनि जान तयार रहेको भन्दै त्यही घटनालाई लिएर आफूले राजीनामा नदिने बताए। मंगलबारको घटनापछि मन्त्री भइसकेपछि हरेक ठाउँमा सचेत हुनुपर्ने शिक्षा पाएको उनले बताए। source:setopati
Advertisement