बलात्कारको अभियोग लागेका एक नेपालीलाई मलेसियाको अदालतले मंगलवार सफाइ दिए
Advertisement

कुविक एनपी न्युज
मलेसिया : बलात्कारको अभियोग लागेर जेलमा पुगेका एक नेपालीलाई मलेसियाको अदालतले मंगलवार सफाइमहिलाको उजुरीका आधारमा पाण्डे पाण्डे मलेसियाको क्लाङ्गबाट १० महिना अघि पक्राउ परेका थिए ।

मंगलबार सो अदालतले पाण्डेविरुद्ध उजुरी गर्ने महिलाले बलात्कारको प्रमाण जुटाउन नसकेको भन्दै पाण्डेको पक्षमा फैसला सुनाए दिएको छ । यहाँको क्लाङ्गस्थित उच्च अदालतले भोजपुरको सिद्धश्वोर–४ का मनोज पाण्डेलाई सफाइ दिएको हो ।एक विदेशी को उनका भाइ इन्द्र पाण्डेले अन्नपुर्ण पोष्टलाई जानकारी दिए ।
मलेसियाको सेलेङ्गर राज्यमा रहेको सो अदालतले पाण्डेको पक्षमा फैसला सुनाएसँगै १० महिना पछि पाण्डे रिहा भएका हुन् ।विदेशी महिलालाई बलात्कार गरेको आरोप लागेर सुगाइबुलोस्थित जेलमा रहेका उनी अदालतले सफाइ दिएसँगै नेपाल फर्कने भएका छन् ।सात वर्षअघि रोजगारीका लागि मलेसिया आएका पाण्डे सेलेङ्गर राज्यको बातुतिगामा रहेको सिडिन केक हाउस कम्पनीमा कार्यरत थिए ।अगस्टको दोस्रो आइतबार छुट्टीमा साथीसँगै क्लाङ्ग बजार पुगेका उनलाई यहाँको स्थानीय प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि समपर्कबिहीन पाण्डे डिसेम्बर अन्तिम हप्ता सुगाइबुलो जेलमा भेटिएका थिए ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...