.पूर्वमन्त्रीका बस्नेतका छोराद्वारा आत्महत्या
Advertisement

२६ असार, काठमाडौं । पूर्वमन्त्री मुकुन्दबहादुर बस्नेतका छोराले आत्महत्या गरेका छन् ।
भोजपुर घर भई ज्ञानेश्वर बस्दै आएका बस्नेतका २४ वर्षीय छोरा मानिष बस्नेतले शुक्रबार राति आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।
परिवारलाई उदृत गर्दै प्रहरीले बताए अनुसार उनले कोठामा एक नाले बन्दुकले टाउकामा गोली हानेका थिए । घटना लगतै उनलाई ओम अस्पताल लगिएको थियो ।
तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।
परिवारका अनुसार मनिस डिप्रेसनको रोगी थिए । उनले झण्डै एक साता अघि पनि आत्महत्याको प्रयास गरेका थिए ।source .onlinekhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...