-रोल्पाको थवाङमा बम विष्फोट, ६ जना घम्भिर घाइते एकको मृत्यु
Advertisement
लिवाङ – रोल्पाको पश्चिमी गाविस थवाङमा शनिवार बिहान बम विष्फोट हुँदा ६ जना गम्भिर घाइते भएका छन् । थवाङ स्थित चालवाङका Thabangस्थानिय श्रीप्रसाद घर्तिको घरमा बिहान ७ : ३० मा बम बिष्फोट भएको थियो ।
बम विष्फोटमा परि श्री प्रसाद, उनका छोरी, ज्वाई लगाएत छ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । बिष्फोट पछि घर पूर्णरुपमा क्षतविक्षत भएको छ । श्री प्रसादको हात घटना स्थलबाट करिब दश मिटर टाढा भेटिएको थियो । उनीहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटना स्थलबाट प्रहरी चौकी करिब ३० मिनेटको दुरीमा छ । उक्त घटना कसरी भयो भन्ने अहिलेसम्म खुल्न नसकेको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तत्तकालिन समयमा थवाङलाई माओवादी युद्धको आधार किल्ला मानिन्थ्यो । युद्धका बेला माओवादीले उक्त क्षेत्रलाई सेल्टर बनाएकाले त्यहाँ रहेको बम अहिले आएर बिष्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।
source .nepalioutlook

Advertisement