-बस चालकले मोटरसाइकल यात्रुलाई पछाडी ब्याक गरि यसरी किचेर मारे पछी..
Advertisement
मुलकोट-सिन्धुली, २० असार । अपरान्ह सभा १ बजे हिमाल तराई यातायातको बा ३ ख ५९९२ नम्बरको बसले मोटरसाइकलमा सवार यात्रु उमा आचार्यलाई किचेको छ । सिन्धुली सदरमुकामबाट काठमाडौतर्फ गइरहेको सो बसले चैनपुरबाट झाँगाझोली तर्फ आइरहेको मोटरसाइकललाई ठक्कर दिंदा पछाडि बसेकी उमाको मृत्यु भएको हो । बा ६३ प ९८४४ नम्बरका मोटरसाइकल चालक देवेन्द्र आचार्यलाई गम्भीर चोट लागेको छ ।
दीर्घ प्रदीप उच्च माध्यमिक विद्यालय खाल्टेका शिक्षक देवेन्द्र सोही विद्यालयमा पढाउने श्रीमती उमालाई लिएर घरतर्फ आइरहेका थिए । रिठ्ठेको माथिल्लो असजिलो घुम्तिमा बसले मोटरसाइकललाई उछिनेर अघि बढ्दा बसको पछाडिको भागले मोटरसाइकललाई धक्का दिएको घटनास्थलबाट सन्तोष दाहालले बताए ।
बसको ठक्करबाट देवेन्द्र पानी निकासको लागि निर्मित नालीमा परेका भएपनि उमा भने सडकछेउमै पल्टिएकी थिइन् । मोटरसाइकल पनि नालीमा पुगेको र चालक समेत लडेका बेला सडकछेउमै लडेकी तर खासै चोटपटक नलागेकी उमा उठ्न लाग्दैगर्दा बस पछाडी लगी किचिएको सन्तोषले बताए ।
उमाको शरीरको बीचभागमा पछाडिको चक्काले किचेर हत्या गरेपछि बस सरासर अघि बढाएका चालक एक किलोमिटर वरसम्म बस ल्याई त्यसलाई त्यहीं छाडी यात्रुलाई समेत अलपत्र पारेर अर्को बस चढेर फरार भएका छन् । बसलाई भने रातामाटे प्रहरी चौकीमा ल्याएर राखिएको छ । घटनापछि हिजो मात्र जापान सरकारका तर्फबाट नेपाल सरकारले बुझेको विपी राजमार्ग अबरुद्ध भएको छ । हालसम्म पनि रिठ्ठेबाट मृत शरीर उठाइएको छैन । त्यहाँ स्थानीयहरुको भीड लागेको छ । तस्बिर :- पवन आचार्य .. स्रोत.: हाम्रो संदेश
Advertisement