उपत्यकामा सबैभन्दा धेरै चोरी र पाकेटमारी हुने क्षेत्र
Advertisement
महानगरीय प्रहरी उपराध अनुसन्धान महाशाखाले उपत्यकामा सबैभन्दा धेरै चोरी र पाकेट मार्ने क्षेत्र छुट्याएको छ।
महाशाखाले सबैभन्दा बढी चोरी हुने क्षेत्रहरुमा गोगंबु, बालाजु, बोहोराटार, महाराजगंज, धापासी, भद्रकालीचोक, बौद्ध, कपन, जोरपाटी, बाँनेश्वर, शंखमुलपहिचान गरेको छ।
त्यस्तै मध्यबानेश्वर, बुद्धनगर, शान्तिनगर, पेप्सीकोला, गोठाटार, बाफल, कंलकी, कुलेश्वर, असन इन्द्रचोक, ग्वार्को पनि सबैभन्दा बढी चोरी हुने सूचीमा रहेको छ।
ती स्थानहरुमध्ये पछिल्लो समय गोठाटार, बोहराटार, कुलेश्वरमा बढी चोरी हुने गरेको महाशाखाका डिएसपी ओम अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
यी स्थान पछिल्लो समय आफूहरुको सूचीमा थपिएको उनले सुनाए। अहिले एक दर्जनभन्दा बढी चोरका नाइके प्रहरी नियन्त्रणमा रहेको पनि उनले सुनाए।
गोंगबु क्षेत्रमा बिहानपख धेरै भीडभाड हुने भएकाले बिहान ५ बजेदेखि ७ बजेसम्ममा त्यस स्थानमा चोरी हुने प्रहरीले जनाएको छ।
आजकाल रातमा भन्दा दिनमा चोरी हुने गरेको डिएसपी अधिकारीले जानकारी दिए।
यसैगरी महाशाखाले कलंकी, स्वयम्भू, सानो भर्याङ, गोगंबु, बसपार्क, गौशाला, जोरपाटी, पूरानो बसर्पाक, भक्तपुर सूर्यविनायकदेखि पुरानो बसपार्क चल्ने रूट, पुरानो बसपार्कदेखि लगनखेल रूट, ग्वार्को र सातदोबाटोलाई सबैभन्दा बढी पाकेटमार हुने सूचीमा दर्ज गराएको छ।
ती मध्ये सबैभन्दा धेरै कलंकी देखि गोंगबु बसपार्कसम्म हुने गरेको प्रहरीले जनाएको छ।
पकेटमार बढी हुने स्थानमा एक समूहमा ४ देखि ५ जनासम्म रहने डिएसपी अधिकारीले बताए। पकेटमार गर्नेहरुको पनि निश्चित क्षेत्र हुने र कोड भाषा प्रयोग गर्ने प्रहरीले जनाएको छ। नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार पकेटमारी गर्नेहरुले चालकको समेत हत्या गरेका छन्।
हाम्रा चालक र सहचालकले पाकेटमार गर्नेहरु चिन्छन् तर ज्यान मार्ने समेत धम्की दिएका कारण उनीहरु देखे पनि नदेखेझै गर्छन् उनले भने ।
उपत्यकामा सबैभन्दा बढी चोरी र पकेटमारी हुने क्षेत्र
चोरी
गोगंबु, बालाजु, बोहोराटार, महाराजगंज, धापासी, भद्रकालीचोक, बौद्ध कपन, जोरपाटी, बानेश्वर, शंखमुल, मध्यबानेश्वर, बुद्धनगर, शान्तिनगर, पेप्सीकोला, गोठाटार, बाफल, कंलकी, कुलेश्वर, असन इन्द्रचोक, ग्वार्को
नयाँ स्थान गोठाटार, बोहराटार, कुलेश्वर र वाफल
पकेटमार
कलंकी, स्वयम्भू, सानो भर्याङ, गोगंबु, बसपार्क, गौशाला, जोरपाटी, पूरानो बसर्पाक, भक्तपुर सूर्यविनायकदेखि पुरानो बसपार्क चल्ने रुट, ग्वार्को र सातदोबाटो।source:setopati
Advertisement