Entertainment
»
रातारात सुपरमोडल बन्यो यो गोरिल्ला, उनलाई हेर्न महिलाहरुको भीड
रातारात सुपरमोडल बन्यो यो गोरिल्ला, उनलाई हेर्न महिलाहरुको भीड
१८० किलोग्राम तौल भएको शबानी नामको यो गोरिल्लालाई हेर्नका लागि युवती र महिलाको ताँती लाग्ने गरेको छ । जापानको नागोयास्थित हिगहिशयामा चिडियाघरमा लगातार यी १८ वर्षीया गोरिल्लालाई हेर्नका लागि मानिसहरु आइरहेका छन् ।
रमाइलो कुरा त के छ भने यो गोरिल्ला रातारात सेलिब्रिटी बनेको छ र यो गोरिल्लालाई पनि आफ्नो लोकप्रियताको ख्याल छ र त आफू अझ चर्चित हुनका लागि यसले विभिन्न हर्कतहरु गर्दै मानिसहरुलाई चकित तुल्याउँछ । चिडियाघरका प्रवक्ताका अनुसार ताकायुकी इशिकावाका अनुसार शबानीले सबै आगन्तुकहरुलाई निकै घुरेर हेर्ने गर्दछिन् । उनी बाँकी गोरिल्लाभन्दा चम्किलो छिन् र उनको शरिरको बनावट पनि निकै राम्रो छ । शबानीको बढिरहेको महिला प्रशंसकका अनुसार उनी निकै राम्री छिन् । शबानीलाई सन् २००७ मा चिडियाखानामा ल्याइएको थियो । उनी त्यतिबेला चर्चित भइन् जब उनले चिडियाघरको स्प्रिंग फेस्टिबलको क्याम्पेन मोडल बनाइयो । शबानी आफ्नो नखराका कारण सोसल मिडियामा निकै चर्चित भइरहेकी छिन् । source:tazakhabar
प्रतिक्रिया दिनुहोस्...