फिलिपिन्समा पनि शक्तिशाली भूकम्प
Advertisement
२०७२ असार १८ गते
शुक्रबार विहानै चीनलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले दिउँसो दक्षिणी फिलिपिन्सलाई केन्द्रविन्दु बनाएको छ । अमेरिकी भूगर्व विभागका अनुसार शुक्रवार दिउँसो २ बजेर ४३ मिनेटमा मिदान्दो द्विपको सरीगाओ सहरभन्दा ६२ किलोमिटर उत्तरपूर्वी क्षेत्रलाई केन्द्र बनाएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्प जमिनको सतहभन्दा ६२ किलोमिटर गहिराइबाट गएको बताइएको छ । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।source:onlinekhabar
Advertisement