मलेसियामा नेपाली माथि सांघातिक आक्रमण
Advertisement
मलेसियामा एक नेपालीमाथि सांघातिक आक्रमण भएको छ। मलेसियाको जोहोरबारू राज्य स्थित एस डब्लु एम कम्पनीमा कार्यरत जनकपुर धामका ३५ बर्षिय बिहारी महतोलाई डाँकाको समूहले आक्रमण गरेको हो।
डाँकाको आक्रमणमा परी महोतोको अनुहारमा गहिरो चोट लागेको छ। घाइते महतोको अहिले सुल्तान हस्पिटलमा उपचार भैरहेको छ।
उनको चिउडोदेखि कानसम्म ९ ईन्च लामो भागमा गहिरो चोट छ। खुकुरीले काटिएको भागमा एक सय बढी टाँका लगाइएको छ। उनको अवस्था गम्भीर छ।
आक्रमणका बारेमा महतो कार्यरत कम्पनीले प्रहरीलाई खबर गरेको सोही कम्पनीमा कार्यरत देवराज तिमिल्सिनाले जानकारी दिएका छन्। source taja khabar
Advertisement