सेनाका क्याप्टेनले कुटपिट गर्दा सातजना घाइते,गोलीसमेत हानिएपछि गाउँले त्रसित
Advertisement
इटहरी : नेपाली सेनाका एक क्याप्टेनले रक्सीले मातेर सुनसरीस्थित नेपाल–भारत सिमाना नजिकैको कप्तानजगञ्ज गाविसका बासिन्दालाई कुटपिट गरेका छन् ।
क्याप्टेन कार्कीले कुटपिट गर्दा कप्तानगञ्ज–३ का गंगाप्रसाद मेहता, सन्तोष मेहता, दिलिप मेहता र गणेश मेहता, देवानगञ्ज–३ का दीपक मेहता, कप्तानगञ्ज–४ का अनन्तलाल मेहता, र रुपदेव मेहता घाइते भएका छन् ।
बटुक दल गणको कप्तानगञ्जस्थित गुल्मका प्रमुख समेत रहेका कार्कीले स्थानीयलाई कुटपिट गर्ने क्रममा ६ राउन्ड गोली समेत चलाएका थिए ।
क्याप्टेनले कुटपिट गरेरपछि गाउँलेले बिहीबार इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा घेराउ गरेका छन् । करिब २२ जनाको संख्यामा ६ राउन्ड गोलीका खोखासहित प्रशासन आएका उनीहरुले विनाकारण गाउँलेलाई कुट्ने क्याप्टेनमाथि कारबाही माग गरेका छन् ।
स्थानीयबासिन्दा उमेशप्रसाद मेहताले सेनाका क्याप्टेनले मातेको सुरुमा आएर विनाकारण गाउँलेमाथि कुटपिट गरेको बताए ।
घटना सार्वजनिक भएपछि बटुक दलका गणका प्रमुख गणपति श्याम खड्का नेतृत्वको टोलीले नेपाल–भारत सिमाना नजिकै रहेको गुल्ममा पुगेर छानविन थालेको छ । सो टोलीले घटनामा संलग्न क्याप्टेन छत्रजंग कार्कीसहितसँग बयान लिइरहेको सैनिक स्रोतले जानकारी दियो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले घटनाको जानकारी आएको जनाउँदै आवश्यक छानबिन प्रक्रिया अघि बढाइएको उल्लेख गरे ।source:annpurnapost

Advertisement



