राष्ट्रसंघद्वारा सहयोग अन्यत्रै लैजाने चेतावनी कर्मचारीतन्त्र निकै सुस्त रहेको आरोप (सञ्चारमाध्यम माथि खनियो राष्ट्रसंघ)
Advertisement

सहयोग अन्यत्र लैजाने चेतावनी
कर्मचारीतन्त्र निकै सुस्त रहेको आरोप
काठमाडौ, असार १६ - नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका एक अधिकारीले सरकारको कर्मचारीतन्त्र देखि संचारमाध्यम सम्मको आलोचना गरेर फर्केका छन् । उनले नेपालमा आइरहको सहयोगको अन्यत्रसमेत माग भइरहेको भन्दै यहाँ आवश्यक नभए आफूहरु उता जानसक्ने सम्मको चेतावनी दिए ।

ति अधिकारीले नेपालका संचारमाध्यममा आएको समाचारप्रति आफू आश्चर्यमा परेको भन्दै संचार माध्यममा आएका कुराहरुलाई 'ननसेन्स रिपोटिङ्' भन्दै आक्रोश पोखे ।
आफ्नो कमजोरी खोज्ने भन्दा पनि स्थानीय स्तरमा आरोप लगाएर राष्ट्रसंघले पन्छिने कार्यमा जुटेको ति अधिकारीको अभिब्यक्तिबाट स्पष्ट हुन्छ । फिल्ड भिजिट गरेको हवाला दिदै उनले आफू गएको स्थानमा मिडियामा आएको जस्तो स्थिति नपाएको बताए ।
उनले सिन्धुपाल्चोक भ्रमण गरेको र त्यहाँ सबै विश्व खाद्यको कार्यक्रम प्रति खुशी नै रहेको बताए । उनी गएको स्थानमा राष्ट्रसंघका अधिकारीले जम्मा गरेका ब्यक्तिमात्रको कुरा सुनेर आक्रोसित भएका हुन् । विश्व खाद्यले वितरण गरेको चामलबारे काभ्रे, बार्दिया र गार्खामा समस्या देखिएको हो । अन्यत्र चामल वितरण र राष्ट्रसंघीय अन्य कार्यक्रमहरुको प्रयासलाई संचारमाध्यममले प्रशंसा नै भएको भन्दै उनी सञ्चारमाध्यम माथि एकहोरो खनिए ।
मानवीय मामिला सम्वन्धी राष्ट्रसंघका संयोजन तथा सम्वोधन विभागका निर्देशक जोन जिङले नेपालको संचारमाध्यमले राष्ट्रसंघलाई जनताबाट सम्पर्क विहीनको अवस्थ्ाामा पुर्‍याउन खोजेको आरोप लगाएका हुन् । भूकम्पपछिको वर्तमान अवस्थामा बुझ्न तीन दिन नेपाल भ्रमणमा आएका जिङले राष्ट्रसंघको काम निकै सौहार्द रुपमा भएको र जनताले राहत मागिरहेको बताउदै सरकारको प्रशासनिक सुस्ताको कारण समयमा राहत नपुगेकोमा समस्या देखिएको बताए । उनको नेपाल भ्रमण सम्पन्न गरेर र्फकनु अघि राष्ट्रसंघीय भवन पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा विश्व खाद्य कार्यक्रमको विषयमा सोधिएको जिज्ञासामा राष्ट्रसंघलाई बदनाम गराउन यस्तो प्रचार भएको बताए ।
केही चामल सडेको पर्‍यो होला तर डब्लुएफपीले यस्तो चामल खुवाउँदैन फर्काउँछ भन्दै कतिपय फर्काउन राखेको चामल समेत देखाएर भ्रम सिर्जंना गर्ने कार्य गरिएको आरोप उनले लगाए । विश्व खाद्य कार्यक्रमले कुहिएको चामल बाडेको संसदीइ समितिको अनुगमन टोलीले समेत स्पष्ट पारिसकेको अवस्थामा राष्ट्रसंघका एक कर्मचारीले यसरी संचारमाध्यम र कर्मचारी प्रति आक्रोश ब्यक्त गरेका हुन् । उनले खाद्य कार्यक्रमले जहाँ कुहिएको चामल भेट्छ त्यहाँबाट फिर्ता ल्याएर राम्रो चामल दिने गरेको भन्दै उनले विश्व खाद्यबाट नै सबै चामल आउने होइन खरिद गर्दा कहिलेकाही कुहिएको पनि आउन सक्ने बताए । 'तर, त्यो बाँडिने होइन फिर्ता जान्छ,' उनले भने ।
नेपालको प्रशासन सुस्त रहेकाले १० प्रतिशत पीडित समक्ष मात्र जस्ता पात पुगेको उनको कथन थियो । उनले केन्द्रीय तहमा केही चुस्तता रहेको भए पनि स्थानिय तहको कर्मचारी निकै सुस्त रहेको आरोप लगाए ।  उनले नेपालको समग्र अवस्था राखेर खाफूले प्रतिवेदन राष्ट्रसंघमा बुझाउन लागेको जानकारी दिए । बर्षायाम सुरु हुनलाग्दा समेत जनताको बस्ने बासको ब्यवस्था नभएको उनले बताउदै भने,'यस्ता विषयमा सरकारका अधिकारीहरुसंग पनि कुरा गरे । सरकार प्रतिवद्ध छ ।'  सरकारसंग पनि उनले संचारमाध्यमको बारेमा गुनासो गरेका थिए ।
उनले नेपाललाई दिदै आएको सहयोग इराक, सिरीया जस्तो स्थानमा जानसक्ने भन्दै त्यसमा सचेत हुन भनिरहदा आवासिय संयोजक तथा पूर्वपत्रकार समेत रहेका जेमि गोल्डरिकसँगै थिए । समाचारमा आएको र आफूले भेटेको कुरा ध्यानदिंदा आफू आश्चर्यमा परेको जिङले पटक पटक  दोहोर्‍याए । उनले यसो भनिरहदा विश्व खाद्यका अधिकारीहरु संचारमाध्यमको कार्यालय नै धाएर यस्तो समाचारले आफूहरुलाई समस्या परेको बताइरहेका छन् ।source:kantipursamachar

Advertisement



प्रतिक्रिया दिनुहोस्...