दिदी नमानेपछि बहिनी बलात्कृत
Advertisement
दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय बालिकालाई सोही स्थानमा ७० वर्षे वृद्ध सोमबहादुर राईले असार १ गते दिउँसो जंगलमा लगेर बलात्कार गरेका थिए ।
ती बालिकाकी दिदीलाई १ सय रुपैयाँ दिन्छु सुत्न आउ भनेपछि उनले नमानेपछि ती बृद्धले बहिनी बलात्कार गरेका हुन् ।source setopati

Advertisement