‘गृहमन्त्रालयमा जागिर लगाइदिने’ भनी ठगी गर्ने गोलढुङ्गाका राजकुमार चापागार्इं प्रहरीको फन्दामा
Advertisement
२६ असार, काठमाडौं ।
गृहमन्त्रालयमा खरिदार पदमा जागिर लगाइदिने भनी ठगी गर्ने काठमाडौं गोलढुङ्गाका राजकुमार चापागार्इं प्रहरीको फन्दामा परेका छन् ।
चापागाईं यसअघि पनि विभिन्न व्यक्तिलाई जागिर लगाइदिन्छु भन्दै ठगी गरेकामा महाशाखाबाट गत वर्ष चैत ९ गते पक्राउमा परी पछि धरौटीमा रिहा भएका थिए ।
जागिर दिने विश्वास दिलाउन सिंहदरबारभित्र अर्थमन्त्रालयको क्यान्टिन, लोकसेवा आयोगको भवन र गृहमन्त्रालयसम्म पीडितलाई पु-याई कर्मचारीको नक्कली सञ्चयकोष परिचयपत्रसमेत बनाई विश्वासमा पारी खरिदारमा नियुक्ति दिने प्रलोभन दिएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।
चापागार्इंले स्वास्थ्य मन्त्रालयको रिसेप्सनिस्ट बनाइदिने भनी काठमाडौँकी सृष्टि रञ्जितबाट रु २५ हजार, मकवानपुर, हेटौँडा बस्ने सुदिप पाण्डेबाट रु एक लाख ७१ हजारसमेत लिएको खुल्न आएको र ऊ विरुद्धको ठगी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।source:npheadlines

Advertisement