धादिङ केन्द्र भएर अर्को ठुलो भूकम्प गयो
Advertisement

१९ असार, काठमाडौं ।
शनिबार बिहान १ बजेर ४९ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । धादिङ केन्द्र भएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


दुई दिनपछि भूकम्पको पराकम्पन गएको हो । यसअघि बिहिबार बिहान २ पटक पराकम्पन गएका थिए ।  गत बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि दुई महिना नाघिसक्दा पनि पराकम्पन जाने क्रम रोकिएको छैन ।
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार‘गोरखा भूकम्प’ पछि चार रिक्टर स्केल र त्यसमाथिका ३४० परकम्प गइसकेका छन् ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...