थाहा पाईराखौ एटिएम कार्ड प्रयोग गर्नुहुन्छ ? यी गल्ती कहिल्यै नगर्नुहोस्...
Advertisement
प्रयोगकर्ताले सावधानी नअपनाउदाँ पैसा चोरी हुने गरेको बैंकहरुले बताएका छन् । एटिएम कार्ड प्रयोगकर्ताले सुरक्षित राख्न नसक्दा र गोप्य पीन नम्वर अरुलाई जानकारी दिने गरेका कारण धेरैजसो एटिएमबाट पैसा चोरी हुने गरेको नबिल बैंकका कार्ड एण्ड इ बैकिङ डिभिजन प्रमुख युकेश श्रेष्ठले जानकारी दिए । नजिकका साथी र आफ्नै घरका परिवारका सदस्यले एटिएम कार्डबाट पैसा चोरी गर्ने गरेको भेटिएको उनको भनाई छ ।
भिडियो हेर्नको लागि तलको बक्समा डबल क्लिक गर्नु होस्
हास्य टेलिश्रृंखला 'भद्रगोल' को नयाँ भाग, हेर्नको लागी माथिको बक्समा डबल क्लिक गर्नु होस
पर्समा गोप्य नम्बर र कार्ड एकैसाथ राख्न नहुने उनको भनाई छ । यसरी गोप्य नम्बर र कार्ड एकैसाथ पाउदा चोरहरुलाई एटिएमकार्डबाट पैसा निकाल्न सहज हुने उनले बताए । एटिएम कार्ड तिन प्रकारका हुने गरेका छन् । डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्डको प्रचलन रहेको छ । बैंकमा राखेको पैसा प्लाष्टिक कार्ड मार्फत प्रयोग गर्न सकिने कार्ड डेबिट कार्ड हो भने बैंकले निश्चित रकम सम्म उधारोमा प्रयोग गर्न सक्ने कार्ड क्रेडिट कार्ड हो । क्रेडिट कार्डबाट निश्चित रकम सम्म प्रयोगकर्ताले प्रयोग गर्न सक्दछन् र अन्त्यमा बैंकलाई पैसा तिर्नुपर्दछ । प्रिपेड कार्डभने विदेशमा जाँदा नेपालीले नेपालको पैसा बैंकमा राखि विदेशमा कार्डको प्रयोगबाट डलर निकाल्न सक्दछन् । एटिएमका प्रयोगकर्ताले के गर्नुहुदैन १ ) गोप्य नम्वर अरुलाई भन्ने र यसलाई कुनै कागजात र इलेक्ट्रोनिक डिभाइसमा लेखेर राख्नुहुदैँन । २ ) एटिएम कार्ड अरुको पहुँचबाट टाढा राख्नुपर्दछ । यसलाई सधै आफूसँग मात्रै राख्नुपर्दछ । ३ ) एटिएम प्रयोगकर्ताले एटिएम प्रयोगका क्रममा अपरीचित ब्यक्तिबाट सहयोग माग्नु हुँदैन । ४) एटिएम बुथमा गएपछि कारोवारका क्रममा धेरै समय लगाउनु हुँदैन । ५) एटिएम बुथमा कहिल्यै पनि हेल्मेट र मास्क लगाएर छिर्नु हुुदैन । एटिएम प्रयोगकर्ताले के के गर्नुपर्दछ १) बैकबाट एटिएमकार्ड प्राप्त गर्ने बित्तिकै सिग्नेचर प्यानलमा दस्तखत गर्नुपर्दछ जसले गर्दा तपाईको क्रेडिट कार्ड अन्य ब्यक्तिले प्रयोग गर्न सक्दैन । २ ) बैंकले सुरुमा प्रदान गरेको गोप्य परिवर्तन नम्बर गर्न जरुरी छ । ३) एटिएम कार्डबाट पैसा निकाल्न एटिएम बुथमा प्रवेश गरेपछि गोप्य नम्बर थिच्दा सिधा उभिनुहोस् जसले गर्दा पछाडि उभिएको मानिसले तपाईँको गोप्य नम्बर देख्न नसकोस् । साथै यसरी उभिदाँ एटिएममा रहेको पिन नम्बर। स्थान पुरै छोपिएको हुनुपर्दछ । ४) एटिएम प्रयोग गर्ने समयमा तपाइको वरिपरि कोहि उभिएर नियाल्दै छ कि ख्याल गर्नुहोस् । ५ ) एटिएम प्रयोग पछि एटिएम बुथले प्रदान गर्ने रसिद च्यातेर मात्रै डस्टबिनमा फाल्नुहोस् या त घरमा सुरक्षित राख्नुहोस् । नच्याँती यस्तो रसिद फाल्दा त्यसमा रहेको एकाउन्ट नम्बरबाट ह्याकरले तपाइको एटिएम ह्याक गर्न सक्ने प्रबल सम्भावना हुन्छ । ६) क्रेडिट कार्ड प्रयोगकर्ताले कुनैपनि पसल वा डिपार्टमेन्ट स्टोरबाट आफ्नो कार्डबाट सामान खरिद गर्दा गोप्य नम्बर आफैँ थिच्नुहोस् । ७) गोप्य नम्बर बैंकका कुनैपनि अधिकारीले माग्दा प्रदान गर्नुपर्दैन, त्यसैले यो नम्बर आफु बाहेक अरु कसैलाई नबताउनुहोस् यसलाई सम्झेर राख्नुहोस् । ८) एटिएम कार्ड हराएमा तुरुन्त बैंकको हटलाइन नम्बरमा फोन गरेर कार्ड बन्द गराउनुहोस् । ९ ) क्रेडिट कार्डका प्रयोगकर्ताले कारोवार स्लीप संग्रह गरेर राख्नुहोस् जसले अन्त्यमा बैंकले महिनाको अन्त्यमा तपाईलाई प्रदान गरेको कारोवार रकम र तपाईले गरेको कारोवारको रकम तुलना गर्न सहज हुन्छ । १० ) अनलाइन मार्फत एटिएम प्रयोगगर्दा शुरक्षित वेवसाइट रोज्नुहोस् । एचटीटीपी प्रयोग नगर्नुहोस् एचटीटीपी मात्र प्रयोग गर्नुहोस् । ११) गोप्य नम्बर बेलाबेलामा परिवर्तन गर्ने गर्नुहोस् ।
Advertisement