जब रेस्टुरेन्टमा ग्राहकलाई मान्छेको मासु खुवाइयो..
Advertisement

तपार्इंलाई यो खवर सुनेर पक्कै झ्ड्का लाग्न सक्छ तर यो साचो खवर हो कि नाइजेरियाको एक रेस्टुरेन्टले आफ्ना ग्राहकका लागि मान्छेको मासु पस्किरहेको थियो । यो समचार थाहा पाउनासाथ प्रहरीले रेस्टुरेन्ट बन्द गराएको छ ।

एक अंग्रेजी खवरका अनुसार स्थानीयले रेस्टुरेन्टमा मान्छेको मासु पस्किरहेको जानकारी प्रहरीलाई दिएका थिए । जानकारीपछि प्रहरीले छापा मार्दा उक्त रेस्टुरेन्टबाट एक प्लास्टिकको झोलामा रगत लतपतिएको मान्छेको खोपडी बरामद गरेको थियो । यो रेस्टुरेन्ट नाइजेरियाको पूर्वीप्रान्त अनमबरामा सञ्चालित छ ।
एक स्थानीय पादरी उक्त रेस्टुरेन्टमा खानका लागि गएका थिए । खानापछि सात सय नाइरा लगभग २ दशमलब २० युरोको बिल तिरेका थिए । त्यहा उनले गडबडी गरेको आशंका गरिएको छ किनकि उनले तिरेको बिल कम मूल्यको थियो ।  उनले आफ्नो खानामा थोरै  मासु परेका कारण् कम बिल आएको बताएका छन् । उनले आफूले मान्छेको मासु खाएको बारेमा थाहा नभएको बताएका छन् ।
प्रहरीले उक्त रेस्टुरेन्टबाट ग्रिनेट सहित थुप्रै हतियार पनि बरामद गरेको छ । होटेलबाट १० जनालाई गिरफ्तार गरिएको छ ।
एक स्थानीयले आफू बजार जाँदा होटेलमा अनौठा दृश्य देखेको र होटेलका मान्छेले अनौठा कपडा लगाएको र शंकास्पदजस्तो व्यवाहर गरेको बताए ।source:tazakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...