.विश्वका धनी मध्येका साउदी राजकुमारले ३२ अर्ब ‘दान’ दिने
Advertisement
काठमाडौं, आषाढ १७ । विश्वका धनी मध्येमा पर्ने साउदी अरबका राजकुमार अलवालीद बिन तलालले आफ्नो सबै ३२ अर्ब डलर सम्पत्ति दान दिने घोषणा गरेका छन् ।
फोब्र्स पत्रिकाका अनुसार तलाल विश्वका ३४ औं धनी व्यक्ति हुन् ।
राजकुमारले यसअघि पनि आफैंले स्थापना गरेको एक धार्मिक संस्थालाई साँढे तीन अर्ब डलर दान दिएका थिए ।
दान दिने निर्णयको सराहना गर्दै बिल गेट्सले यस्ता कामले विश्वलाई परोपकारी कर्ममा लाग्न प्रेरणा मिल्ने टिप्पणी गरेका छन् ।

Advertisement



