नेपालमा राहत बन्द गर्ने राष्ट्रसंघको चेतावनी
Advertisement

१७ असार, काठमाडौं ।
संयुक्त राष्ट्रसंघका एक उच्च पदाधिकारीले नेपालमा विश्व खाद्य संगठनद्वारा आपूर्ति गरिएको खाद्य सामग्री स्तरहीन भएको आरोप अस्वीकार गर्दै ती आरोप सरकारले फिर्ता नलिएमा राहत सामग्री अन्य अभावग्रस्त मुलुकमा लैजाने चेतावनी दिएका छन्।


विश्व खाद्य कार्यक्रमले गोरखा र अन्य जिल्लामा आपूर्ति गरेको चामल र दाल कुहिएको, स्तरहीन र मानवीय उपभोगलायक नभएको भनी केही सांसद र मिडियाबाट प्रस्तुत भए पनि त्यो असत्य र नेपाली जनताबीच राष्ट्रसंघको छवि धुमिल्याउने प्रयास भएको आरोप राष्ट्रसंघका मानवीय सहायता मामिलासम्बन्धी समन्वय महाशाखाका निर्देशक जोन जिङले बुधबार लगाएका छन ।
विवादका बीच नेपाल आएका निर्देशक जिङले भूकम्पबाट सर्वाधिक प्रभावग्रस्त सिन्धुपाल्चोकको भ्रमण गरी काठमाडौं आएर पत्रकारसम्मेलन गर्दै आक्रोश पोखेका हुन्।

विश्व खाद्य कार्यक्रमविरुद्धको यो आरोप फिर्ता नगरिए खाद्य सामग्रीहरूको आपूर्ति बन्द गरी इराक र सिरियाजस्ता मुलुकमा लैजाने धम्की पनि उनले दिए।
यसै प्रसंगमा नेपालको प्रशासन र सरकारको रबैया पनि सहयोगात्मक नरहेको घुमाउरो अभिव्यक्ति उनले दिए।

राष्ट्रसंघको ललितपुरस्थित कार्यालयमा पत्रकारहरूसँग उनले भने, ‘केन्द्रको सरकार सहयोगी नै छ तर स्थानीय सरकार सहयोगी देखिएन।’ उनले खाद्य कार्यक्रमको कुहिएको चामलबारे आएको समाचारप्रति टिप्पणी गर्दै भने, ‘ननसेन्स।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...