२१६ घण्टा अँध्यारो मात्रै होला त ?
Advertisement

आम नागरिकलाई अचम्भित तुल्याउने, त्रसित बनाउने अनेक किसिमका घटना घट्नसक्ने भन्दै संचार माध्यमहरुमा समाचार आउँछन् । नेपालमा वैशाख १२ गते गएको भूकम्पपछि नेपालभित्रैका संचार माध्यमहरुमा महाप्रलय हुनेसम्मका भविष्यवाणी गरियो, त्यो पनि अमेरिकी अक्षरिक्ष संस्था नासाको हवाला दिएर ।


अहिले त्यस्तै एउटा समाचारले ठाउँ पाएको छ । नासाकै हवाला दिएर आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुने दावी भविष्यवाणी गरिएको छ ।

सार्वजनिक भएको समाचार अनुसार सौर्य आँधीका कारण आउँदो डिसेम्बर १६ बुधबारदेखि डिसेम्बर २२ सोमबार (पुष १ गतेदेखी पुष ७ गतेसम्म)सम्म दिनरात पुरै अध्यारो हुने छ । त्यतिबेला निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा अध्यारो नै हुने नासाको भनाई छ ।

नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो ।

यो करिव २ सय १६ घण्टासम्म रहने छ । यस्तो अवस्थामा कसरी रहनुहुन्छ भनेर केही संवाददाताहरूले नागरिकलाई सोध्दा उनीहरूले आफुहरूले कृतिम उज्यालोको सहारामा काम गर्नबे यसले केही फरक नपर्ने बताएका छन् ।
source nepaljapan.com

Advertisement



प्रतिक्रिया दिनुहोस्...