‘ हे भगवान ! डलर पचाउन महिला कर्मीले र मिडियाले मन्त्रीसँगै म ७० वर्षकी वृद्धाको इज्जत लिलाम गरे’
Advertisement
सानु केसी (मन्त्रीको अंगालोमा देखिएकी पीडित महिला)
असार १५ गते धान दिवस । हामीले सधै झै यो बर्ष पनि असार १५ मा बाह्रौं राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम आयोजना भएका थियौँ । दुईवटा कृषक समूह मिलेर कार्यक्रम आयोजना गरेका थियौँ । धान रोपाईमा कृषिका सरकारी कर्मचारीहरु पनि आउने भनियो । पछि कृषि मन्त्री पनि आउने थाह भयो । त्यो कार्यक्रममा आधुनिक कृषि प्रविधिबारे जानकारी दिने र असार १५ मनाउने भनिएको थियो ।
यसले मलाई ठूला आघात परेको छ । म ७० वर्षकी वृद्धा हुँ । मसँग मन्त्री पराजुलीले यसो गर्यो उसो गर्यो भन्दै अर्थको अनर्थ लगाएर प्रचार गरियो । महिला अधिकारकर्मी भनाउँदाहरुले पनि डलर पचाउँन कोकोहोला मच्चाए । विदेशमा बस्ने आफन्तहरुले पनि फोन गरेर के भएको हो भनेर सोधे । मलाई लाज मर्नु भयो । मेरो इज्जत प्रतिष्ठामा मन्त्रीले हैन मिडियाले आँच पुर्याए । ’
अब सत्य छानविन होस, मन्त्री भन्दा ठुलो पिर मलाई परेको छ । इज्जतमा दाग मेरो लगाउने कोसिस गरिएको छ । मेरो बेज्जत गर्नेबिरुद्ध म अदालत जानेकी भन्नेमा छु । बिदेशमा भएका आफ्न्तलाई अहिले सम्झाउन हैरान छु । म माथी यत्रो अत्याचार होला भन्ने कल्पना समेत गरेकी थिइन ।(तस्विर काठमाडौं टुडेबाट)
(पत्रकार सम्मेलनमा)

Advertisement



