डिस्कोबाट कैदी समाउँदा मध्यरातमा गोली चल्यो
Advertisement
काठमाडौं: एक जना फरार कैदीलाई राजधानीको बेबीलोन डिस्कोबाट नियन्त्रणमा लिने क्रममा शुक्रबार राति प्रहरीले गोली चलाएको छ।
फरार कैदी लामा डिस्कोमा रहेको सूचना पाउनासथ महानगरीय प्रहरी अपराध नियन्त्रण महाशाखाका नायव उपरीक्षक रमेश थापाको कमान्डमा विशेष टोली शुक्रबार राति साढे एक बजे त्यहा पुगेको थियो।
उनलाई नियन्त्रणमा लिने प्रयास गर्दा लामासहितको समूहबाट हुलहुज्जत गरेर आक्रमणको प्रयास भएको र पटक पटक चेतावनी दिँदा पनि भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।
नेपाल प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक सर्वेन्द्रनाथ खनालले चेतावनी दिदादिदै पनि भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले वाध्य भएर गोली चलाउनु परेको र घटनाबारे छानबिन भइरहेको बताए।
प्रहरीले चलाएको गोली उनको खुट्टामा लागेको छ।घाइते भएका उनलाई वीर अस्पतालमा उपचारका लागि राखिएको छ। घटनामा तीन जना प्रहरी सामान्य घाइते भएका छन्।
लामासहित उनलाई सघाउने उमेश श्रेष्ठ र डिस्को सञ्चालकलाई छानबिनका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि डिस्कोलाई बन्द गर्न लगाएर प्रहरी निगरानीमा राखिएको छ।
लामा लागू औषध मुद्दामा अदालतबाट कसुरदार ठहरिएपछि सिन्धुपाल्चोक कारागार रहेका उनो भुकम्पपछि फरार रहेका थिए। source:annapurnapost
Advertisement