.कसरी हरायो गिरिजाप्रसादको त्यो गोप्य सिमकार्ड ? चोर को सिटौला !
Advertisement
शसस्त्र युद्धमा रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्न २०६० सालतिर तत्कालिन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले छुट्टै मोवाइलको सिमकार्ड प्रयोग गर्थे । कोइरालाले प्रयोग गर्ने सिमकार्ड तत्कालिन शाही सरकारले रेकर्ड गरेको आशंकामा उनले अर्केका नाममा लिएको
करिव १२ बर्षदेखि सुजाता सिटौलाबिरुद्ध छन् । उनले सार्वजनिक कार्यक्रमदेखि पार्टीका बैठकसम्म सिटौलाको विरोध गर्छिन । तर सिमकार्ड चोरको अभियोग लागेका सिटौला सुजाताबिरुद्ध कुनै अभिब्यक्ति दिदैनन् । साबर्जनिक स्थल वा पार्टी बैठक कतैपनि सिटौलाले सुजाताको आलोचना वा प्रशंसा केही गर्दैनन् । विहीबार राजधानीमा आयोजित कार्यक्रममा पनि सिटौलाबिरुद्ध सुजाताले धावा बोलिन् । ‘नयाँ संविधानमा महिलाका अधिकार मास्न खोजे सिटौलाको पद नै खाइदिने’ धम्की सम्म दिन पुगिन् ।
सिटौला कांग्रेसभित्र भारतीय ब्यापारिक लविका ब्यक्ति मानिन्छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्की र सिटौला भारतीय ब्यापारिका कारण जहिले पनि शक्तिशाली ब्यक्तिकै रुपमा परिचित छन् । सुजाताले सिमकार्ड चोरीको अभियोग लगाउँदा पनि जनआन्दोलनपछि गिरिजाप्रसादको नृतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री बने । सिटौला गृहमन्त्री भएपछि सुजाताले उनीबिरुद्ध देशभर विरोध गर्दै हिडेकी थिइन । बाहिर सिमकार्डको कुरा नउठाएपनि माओवादीलाई शान्ति वार्तामा ल्याउँदा गिरिजालाई गुमराहमा राखेको आरोप लगाउने गरेकी थिइन । कोइराला निवास महाराजगन्जबाट हराएको त्यो सिम अहिलेसम्म फेला पर्न सकेको छैन ।
गिरिजाप्रसाद कोइरालाको निधनपछि शक्तिमा आए सुशील कोइराला । सुशील कांग्रेसको सभापति निर्वाचित भएपछि सिटौलालाई मनोनित महामन्त्री बनाउने पक्षमा सुजाताले लविङ गरेकी थिइन । सभापति सुशील पनि उनलाई महामन्त्री नबनाउने पक्षमै थिए । तरपछि भारतीय ब्यापारिको दवाव झेल्न नसकि सिटौलालाई मनोनित महामन्त्री बनाएका थिए ।
फेरी कांग्रेसको महाधिबेशन नजिकिदैछ । सिटौला भए उपसभापति नभए महामन्त्रीमै दोहरयाउने पक्षमा छन् । तर सुजाता भने उनलाई आफ्नो लाइनभित्र कतै स्थान नदिने पक्षमा छन् । सुजाताकै दवावले सुशील महामन्त्रीमा विपी पुत्र सशांक कोइरालालाई चुनावी मैदानमा उतार्ने पक्षमा देखिएका छन् ।
स्रोत - यस काठमाडौँ डट.कम

Advertisement