अमेरिकामा आफ्नो निजि बिमान समेत भएका पेम्बा शेर्पाले भूकम्प पिडितको लागि दिए २ करोड
Advertisement
सोलुखुम्बूको स्याङ्मा जन्मिएका पेम्बाको ससुराली जापान हो भने उनको व्यवसाय अमेरिकादेखि जापान र थाइल्यान्डको फुकेटसम्म फैलिएको छ
मूलूकमा भूकम्पको कम्पनले हल्लाइरहँदा तत्कालै त्यसको झट्का कोलोराडोका पेम्बाछिरि शेर्पालाई पनि प¥यो । हुस्सुको पहिरनमा सजिएको डेन्भर सहरमा उदास छन पेम्बा । तर हतासिएका भने छैनन ।
'भर्खरै मात्र एउटा चन्दा संकलनको कार्यक्रम भ्याएर आएँ । भोली अर्को ठाउँ जानुछ,' अन्तर्वार्ताको पहिलो संवादमा नै पेम्बाले सुनाए, 'हामीले नगरे कसले गर्ने ।'
हुनपनि पेम्बा हतारमा छन् तर यसपटकको हतारो भने उनको नियमित दैनिकी भन्दा पृथक छ भूकम्प पछि राहत संकलनको हतारो । राहतलाई बोकेर मूलूक फर्कने हतारो ।
पेम्बा छिरिङ शेर्पाको यो व्यस्तताको चटारोलाई मैले बुझेपनि मलाई भने उनको जिन्दगीको पहिलो खुड्किलाबाट नै संवाद आरम्भ गर्न मन लाग्यो । दुधकोशी नदीको शिरमा पश्चिमतिर फर्केको सोलुखुम्बूको स्याङ्मा गाउँमा जन्मिएका हुन पेम्बा । बाल्यकालमा खासै औपचारिक शिक्षा लिएनन् । बरु लुम्डिङ खर्कतिर चौंरी चराए । लुक्लाबाट पर्यटकको झोला बोकेर सगरमाथाको फेदीसम्मै पु¥याए । यस मानेमा पेम्बाले संघर्षको एक दिव्य अनुभुतीलाई बाल्यकालमा नै भोगे ।

सन्फ्रासिस्कोको छोटो बसाइँपछि उनी अमेकिाकै कोलोराडो राज्यतिर हानिए । जीवनमा पहिलो पटक टेकेको बिरानो देशमा उनी कहिल्यै गन्तव्यहिन वादल भएनन् । वरु नसोचिएको गन्तव्यमा पुगे । भन्छन, 'यहाँको अवसरले मलाई तान्यो, आएको केही महिनापछि नै कोलोराडो एक माध्यमिक विद्यालयमा अध्ययनको निम्ति भर्ना भए । भर्ना त भए तर यहाँ पढ्न सहज भने पटक्कै थिएन । दिउँसो काम । राति अध्ययन र बिहान विद्यालय ।'
यद्यपि पेम्बा संघर्षदेखि डगमगाएनन् । बरु उत्साहित भएर मगममगाए सुन्दर जिवनको पथमा । सुन्दरता जीवनको तितो यात्रमा हुन्छ । 'विगत तितो नभएको भए वर्तमानमा रसिलो कहाँ हुन्छ ?' पूरानो मौसमजस्तै नोस्टालजिक पारामा पेम्बाले सुनाए, 'संघर्षले सिकाउँछ ।'
विद्यालयको भ¥याङसँगै गोरासँगको संगतमा लहसिएका पेम्बाले अमेरिकामा पर्यटन पेसालाई छोड्ने कुरै भएन । सन १९९१ मा नै शेर्पा एससेन्ट ट्राभलबाट व्यापार सुरु गरे । एकातिर विद्यालय अध्ययन र अर्कोतर्फ पर्यटन दुवैलाई उनले एउटै रथमा दौडाए । अध्ययन र अनुभव दुवैसँगै गुडाउँदा यात्राको अनुभव वेग्लै भएको उनले सुनाए । भने, 'हरेक संघर्षमा मैले इन्जोए गरे ।'
पर्यटनको मौसममा वर्षेनी उनले १ सय तीस अमेरीकन पर्यटकलाई नेपाल घुमाए । त्यसबाट पेम्बाले राम्रै प्रतिफल आर्जन गरे । तर, बीचमा छाएको राजनीतिक अस्थिरता र दशवर्षे युद्धले उकालो लम्कदै गरेको पेम्बाको पर्यटन यात्रमा ब्रेक लगाइदियो । तथापि उनको ट्राभल भने चालु अवस्थामा नै छ । पर्यटनमा छाएको सुस्ततापछि उनी रेस्टुरेस्ट व्यवासायतिर आकार्षित भए । कोलोराडोको वोर्डर सहरलाई केन्द्रबिन्दु बनाएर सन् २००२ को सेप्टेम्बरमा शेर्पा रेस्टुरेन्टको आरम्भ गरे । उनको सोचाइभन्दा रेस्टुरेन्ट व्यापार धेरै फस्टियो । भन्छन्, 'मान्छे चन्द्रमामा पुगिसके हामीले गर्न नसक्ने के छ ?' पेम्बा सुझाउँछन्, 'योजना बुन्दा सधैं अगाडी बढ्ने खालको हुनुपर्छ ।'
हुनपनि बोल्डर सहरमा पेम्बालाई नचिने पनि उनको शेर्पा रेस्टुरेन्टलाई नचिन्ने कमै छन् । रेस्टुरेन्टका मेनु तयार गर्ने १८ जना नेपाली । रेस्टुरेन्टमा उनले अमेरिकी खाना भन्दा शेर्पा परिकारलाई विशेष रुपमा पस्कन्छन् । 'कोलोराडाकोे पर्यटक नेपालको हिमाली भेगतिर घुम्न गयो भने उनीहरुलाई खानाबारे बुझाइरहनु पर्देन,' पुलकित मुद्रमा पेम्बाले भने, 'देश नयाँ भएपनि उनीहरुको निम्ति परिकार नयाँ हुदैन ।'
शेर्पा रेस्टुरेन्टको अर्को आकर्षक भनेको मूलगेट देखि शौचालयको भित्तासम्म नेपाल प्रवद्र्धन गर्ने आकर्षक तस्बिर हुन् । यो रेस्टुरेन्टमा प्रवेश गर्ने पाहुनले खानाको आलावा कम्तिमा नेपाल र शेर्पा संस्कृतिलाई आरामसँग नियालेर जान्छन् ।
रेस्टुरेन्टपछि उनको अर्को जमेको व्यवसाय भनेको घरजग्गा हो । कोलोराडोको डेन्भरदेखि वोर्डरसम्म किनबेचको निम्ति पेम्बाको आठ घर छन् भने २५ हेक्टरभन्दा वढी जग्गा किनेका छन् । हरेक व्यवसायमा सफलता चुमेका पेम्बाले परिश्रमी भए पनि आफूलाई भाग्यमानी ठान्छन् ।

'टोकियो ससुराली । फुकेट बिदा मनाउन,' उनले भने । व्यापारिको यात्रा लामो हुन्छ त्यसैले उनी पनि व्यापारलाई वढाउने तरखरमा छन् । थुप्रै व्यपारिक जिम्मेवारले बाँधिए पनि उनी सधैं 'कुल' देखिन्छन् । यसलाई उनको व्यापारिक बिशेषता माने पनि हुन्छ ।
लामो समय अमेरिकामा नै जिन्दगी अजमाएका पेम्बाले लगनगाँठो भने जापानकी मोरिको तुमहारासँग कसेका छन् हवार्डबाट आर्किटेक्चर पढेकी तुमिहारासँग पेम्बाको प्रेमिल विवाह हो । विवाहपश्चात उनी पतिबाट दुई पूत्रीको पितामा बढुवा भएका छन् ।
व्यापारिक अनुभवले पोख्त पेम्बाछिरि यतिखेर भने गुपचुपमा जिन्दगीका अनुभुती सँगालिएको अटोबायोग्राफी लेखनमा व्यस्त छन् । पुस्तक बजारमा अटोग्राफीलाई कागजी पुलिन्दाको आरोप लागिरहेको बेला पुस्तकमा सबै भोगाइलाई जस्ताको तस्तै उतार्ने उनको दाबी छ । किताबी बजारमा अटोबायोग्राफीको चर्चा सेलाइरहेको बेला सबै व्यवसायमा बेस्ट गर्दे आएका पेम्बाजीको अटोबायोगाफ्री कहिलेकाहिं बेस्ट सेलरको लिस्टमा जाँदैन भनेर भन्न सकिन्न ।
जहाज र पेम्बा
अमेरिकामा नेपालीको आफ्नै नीजि विमान छ भनेको सुन्दा पत्यार नलाग्न सक्छ । तर पेम्बाको नीजि पाइपर विमान छ ।
उनी आफैं कुशल विमानचालक पनि हुन् । मन लागेको वेला उनी पाइपर हाँकेर घुमघाममा निस्कन्छन । त्यसो त अमेरिकी बाहिर ग्वाटेमालादेखि तान्जानिया र मेक्सिकोसम्म आफ्नै विमानमा चक्कर लगाइसकेका छन् ।
सन् २०१३ मा 'एफएए' अर्थात फ्लाइट एभिएसन एड्मिनिस्टे«सनले उनलाई कुशल विमान चालकको दज्र्यानी दियो । पेम्बाले किन विमान किने ? उनको आफ्नै कथा छ । खासमा उनले विमान चालकको प्रशिक्षण पश्चात अमेरिका छोडेर नेपालमै हवाइ व्यवसाय गर्ने योजना बनाए । पर्ख र हेरको अवस्थामा रहेका पेम्बाले मूलूकको राजनीतिक स्थिरता कहिल्यै देखेनन् । त्यसैले उनले हवाई व्यवसाय गर्ने योजना त्यागिदिए ।
प्रशिक्षणलाई मूर्त रुप दिन आफैले पाइपर विमान किने । कोलोराडो घुम्न आएका नेपालीलाई उनी धक नमानी आफ्नो विमानमा घुमाइदिन्छन् । उनको अर्को धोको भनेको नेपालसम्मै आफ्नै विमानमा यात्र गर्नु हो । भन्छन्, 'पाइपरको पेट्रोल नेपालमा उपलब्ध नहुँदा अहिलेसम्म पूरा भएको छैन ।'
स्वादिलो डिक्याफे शेर्पा चिया
अमेरिकाको व्यापारमा खप्पिस पेम्बाछिरिको अर्को उत्पादन भनेको शेर्पा चिया हो । शेर्पा चियाको बजारिकरणको निम्ति उनले अमेरिकामा नै होल फुड मार्केटसँग व्यपार सम्झौता गरेका छन् । पेम्बाको दाबीअनुसार जती पनि उत्पादित भएर आएको चियाको बजार सोचेभन्दा माथि छ ।
चियाको निम्ति आवश्यक कच्चा पदार्थ भने उनी नेपालवाटै आयात गर्छन् । चियाको उत्पादनलाई थप वढावा दिन उनी यतिखेर नेपालमा कुनै स्थानको खोजीमा छन् । कारण अबको केही वर्षभित्र अमेरिकाको होल फुडको ४ सय चेन मार्केटमा पू¥याउने उनको योजना छ । भन्छन्, 'यसबाट मैले वार्षिक पाँच मिलियनको आपेक्षा गरेको छु त्यो कमाईलाई म समाज सेवातिर लगानी गर्छु ।'
भुकम्प पिडितलाई दुई करोड
डेनभरमा राहात संकलमा व्यस्त पेम्बा अहिले भने जन्मभूमी नेपाल पुगेर कोलोराडो फर्किसकेका छन् । भुकम्पको विपत्ति लगत्तै सोचमग्न पेम्बा देश दुखःको त्यो महासमूद्रमा डुबेको बेला दुखेका सरकार नपुगेका गाउँ लुक्ला देखि जोरसल्लेसम्म नौभन्दा वढी गाउँ पुगेर आफैंले नगद रकम प्रदान गरे । जिन्सी भने भन्सारमै रोकिए । ओखती र टेन्टलगायतका राहत सामाग्री रहेको जिन्सीलाई पीडितसम्म पुग्नेमा पेम्बाको विश्वास छ ।
'विपत्तिमा सहयोग गर्नु भनेको जीवन बाँच्नुको सार्थकतालाई पूरा गुर्नु पनि हो,' पेम्बाले आफ्नो यात्रा संस्मरण सुनाउँदै भने, 'सहयोग पाएपछि उनीहरु पनि खुसी भए, म पनि ।' गाउँमा भूकम्प जाँदा मात्रै उनको पहिलो सेवा भने होइन । विद्यालय देखि बाटोसम्म उनले थुप्रै खर्चेका छन् ।
भूकम्पपछिको दुइ हप्ते यात्रमा पेम्बाले नियालेको अर्को कुरा भनेको पर्यटन हो । अझ उनी यसलाई व्यापारिक दृष्टिकोणबाट हेर्छन् । भन्छन, 'भूकम्पले सबै कुरा ध्वस्त भएका छैनन् । घरहरु भत्किनु एउटा कुरा हो सबै घर वलिया हुन्छ भन्ने छैन । पर्यटकले हेर्ने नदीनाला र पहाड र हिमाल त जस्तोका तस्तै छ । बरु राजनीति पो टहरा जस्तै अस्थायी छ । राजनीतिमा इमान्दार मात्र भयो भने देश बनाउन कति नै लाग्छ र ! क्यावात पेम्बा दाई...
स्रोत : इटाइम्स डट कम

Advertisement