.तीनवटा श्रीमती राख्ने मन्त्रीलाई कहिले कारबाही हुन्छ कमरेड !
Advertisement

२०७२ असार १७ गते
रामकुमारी झाँक्री

कहिलेकाँही राजनितीमा यस्तो बिलखबन्दमा परिन्छ कि जानाजान देखेको कुरा भन्न पनि केही समय पर्खनुपर्दो रहेछ । जुन कुराको बारेमा तुरून्तै बोल्यो भने हतार हुने तर ढिलो गर्यो भने प्रसंग नै बदलिने खतरा हुँदोरहेछ । केही समयअघि केही पत्रकार साथीहरूले मलाई यो विषयमा पहिले नै बोल्न कर गर्नु भएको थियो । मैले मसँग प्रतिक्रिया लिन खोज्ने सबैजसो पत्रकार साथीहरूलाई केही सुझाव दिएँ, यो विषयमा अहिले नै मैले बोले भनेँ यसलाई गुटको रंग लगाइनेछ । बरू तथ्य संकलन गरेर सार्वजनिक गर्नुस्, त्यसपछि हामी, म जस्ता मान्छे बोल्न सजिलो हुन्छ भनेँ।
मलाई पनि लाग्यो कि महिला हिंसा बिरूद्धको यत्रो अभियान गर्ने अनेमसंघ जस्तो संगठन पनि छ हामीसँग । त्यसको अध्यक्ष क. विद्या भण्डारी नेपाली महिला आन्दोलनकै नेता हुनुहुन्छ ।पार्टीको पनि उपाध्यक्ष हो । हेरौँ, म कति छुचो हुनु भनेर सोचेँ ।
सबैलाई जानकारी भएकै विषय छ बैद्यानिक ढंगले राखेका श्रीमतीकै संख्या तीन छ कृपासुरसँग । देखि जान्ने र सुनि जान्नेको कुरा नगरौँ ।
यति धेरै महिला सभासदहरू हुनुहुन्छ । जसले महिला हिंसाका बिभिन्न प्रबृतिका बारे बहस गरिरहनु भएको छ, कानुन बनाउन । यस्तो नैतिकहराम ब्यक्तिलाई मन्त्री बनाउँदा पक्कै प्रश्न गर्नुहोला भन्ने लागेको थियो तर त्यसो पनि भएन । तर, ढिलो भएको छैन अब बोलौँ ।
त्यो बेलाको समाजमा बाबुको परिचय दिन नसक्ने गरि बच्चा जन्माउँदा ती महिलाले कस्तो पीडा खेपिन होला ? हामी अनुमान मात्र लगाउन सक्छौँ । उनीमाथि कस्ता लान्छना लगाइए होला ? ३७ वर्ष हुँदासम्म त्यो छोराको परिचय हेर्नुस न, उसलाई पनि जान्ने बुझ्ने भएपछि कस्तो भयो होला ? यस्तो गम्भीर प्रकृतिको अपराध गर्ने ब्यक्तिलाई पटकपटक पुरस्कृत गरियो । निर्वाचनमा टिकट दिएर । अहिले त्यतिले मात्र नपुगेर मन्त्री नै बनाइयो । सबैलाई जानकारी भएकै विषय छ बैद्यानिक ढंगले राखेका श्रीमतीकै संख्या तीन छ कृपासुरसँग । देखि जान्ने र सुनि जान्नेको कुरा नगरौँ ।
के आज आएर मन्त्री पद बचाउनकै लागि छोरो र श्रीमती स्वीकार गर्दैमा उनले उन्मुक्ति पाउँछन् ? बर्षौ पीडामा बाँचेर त्यही ब्यक्तिलाई पति पाउँदा ती महिला त खुसी नै होलिन । के हामीले गणेश शेर्पा र उनकी आमाको निजी समस्या तत्काललाई मिल्यो भनेर कृपासुर प्रवृतिलाई पार्टीभित्र जोगाई राख्न मिल्छ ? के यसरी ‘हाम्रो पार्टी र हाम्रा नेता’ नेपाली महिला मुक्ति आन्दोलनको सारथी बन्ला ? मलाई त शंका लाग्छ । त्यसकारण पार्टीको छवि धुमिल नगर्न नेतृत्वलाई आग्रह गर्छु । आफ्ना खल्तीका सडेका नोटको मोह नगर्नुस् । त्यसको कुनै मुल्य हुनेछैन भन्ने चेतावनी पनि दिन चाहन्छु । के यस्ता निर्णयले पार्टी लोकप्रिय बनेको छ जस्तो लाग्छ ? म पार्टी नेतृत्वलाई भ्रममा नपर्न अनुरोध गर्छु कि केही थान आफ्ना मान्छे खुसी बनाउँदा हजारौ नेता कार्यकर्ताको बलिदानबाट बनेको यो पार्टीको विरासतलाई वलिभेदीमा नचढाउनुस् । आजको दिनमा हामीलाई आग्रह र पूर्वाग्रहले ग्रस्त नेतृत्व होइन्, विवेकपूर्ण नेतृत्व चाहिएको छ । ब्यक्तिका आग्रह र पूर्वाग्रहमा पार्टी सति जान सक्दैन । अतः पर्यटन मन्त्री कृपासुर शेर्पालाई तत्काल मन्त्रीपदबाट हटाउन म पार्टी अध्यक्ष कमरेडलाई आग्रह गर्छु र पार्टीभित्र अनुशाशनको कारबाहीका लागि समेत बाटो प्रशस्त गर्न अनुरोध गर्दछु ।
मन्त्री हरि पराजुलीले सार्वजनिक स्थानमा अशोभनीय ब्यबहार गरे उनलाई मन्त्रीबाट हटाइयो । तर पार्टीभित्र अनुशासनको कारबाही समेत गरियोस् । ताकि भोलिका दिनमा सबैका लागि शिक्षा बनोस ।
झाँक्री नेकपा एमालेको युवा नेतृ एवं केन्द्रीय सदस्य हुन् ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...