.इजरायलमा सरकारले नै महिला कामदार पठाउने...
Advertisement
२२ साउन, काठमाडौं । इजरायलले फेरि नेपाली महिला कामदार लैजाने भएको छ । ५ वर्षदेखि रोकिएको कामदार लैजाने प्रक्रिया सुरु गर्न इजरायल सहमत भएको हो ।
सम्झौता अनुसार सरकार आफैंले इजरायल कामदार पठाउनेछ । दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी तह -जीटुजी मोडल) मा कामदार पठाइनेछ ।
सम्झौता अनुसार लिखित र मौखिक परीक्षा पास हुनुका साथै स्वाथ्य परीक्षणमा सफल भएकाहरुलाई इजरायल लगिनेछ । पहिलो चरणमा ६० नेपाली छनोट गरिनेछ ।
पाइलट प्रोजेक्ट अन्तरगत ३०० नेपाली महिला इजरायल जाने अपेक्षा गरिएको छ । उनीहरु न्यूनतम लागतमा इजरायल जानेछन्source taja-khabar

Advertisement