.सलमानका कारण आमा बन्न तयार भएँ: ज्याक्लिन.... पढ्नुहोस पुरा समाचा
Advertisement
रूप र सौन्दर्य छउन्जेल अपवादवाहेक केही नायिकाहरू चरित्र भूमिका गर्न रुचाउँदैनन्। तर, कैयौं फिल्ममा नायिकाको भूमिका निभाएकी अभिनेत्री ज्याक्लिन फर्नान्डिजले १४ अगष्टमा रिलिज हुन लागेको फिल्म ‘ब्रदर्स’ मा आमाको भूमिका निभाएकी छिन्।
सुरूमा उक्त भूमिका निभाउन वास्ता नगरेकी उनले किन आमा बन्न रुचि राखिन् त?
हालै ज्याकुलिनले भनेकी छिन्,‘म सलमानका कारण आमा बन्न तयार भएँ। उनले नै मलाई आमाको भूमिका गर्न राजी गराएका हुन्।’
उनले सलमान प्रति आभार प्रकट गर्दै भनेकी छिन्,‘सलमान सधैं हाम्रो जीवनमा विशेष छन् किनकी उनी हाम्रो करियरलाई नयाँ रुप दिन सहयोग गरिरहन्छन्। उनले मलाई परिवारको सदस्य सरह सल्लाह दिएका छन्। मेरो जीवनमा उनले जे जति गरिदिएका छन्, म त्यो कहिल्यै बिर्सन सक्दिन।’source kala.setopati.com

Advertisement