नेपाली मूलकी युवती राष्ट्रपति ओबामाको सल्लाहकारमा नियुक्त
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली मूलकी एक युवतीलाई आफ्नो सल्लाहकारमा नियुक्त गरेका छन् ।

एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति राष्ट्रपति बाराक ओबामाले नेपाली मूलकी युवती सञ्जिता प्रधानलाई सल्लाहकारमा नियुक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।शनिवार गरेका महत्वपूर्ण ३ पदका मनोनयन मध्य आयोवाराज्य निवासी प्रधानलाई राष्ट्रपति ओबामाले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट सल्लाहकारमा नियुक्त गरेका ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘म मनोनयन गरिएका सल्लाहकारहरुसँग काम गर्न उत्सुक छु’, जारी विज्ञप्तिमा राष्ट्रपति ओबामाले भनेका छन् ।

आफू राष्ट्रपति ओबामाको सल्लाहकारमा नियुक्त भएको खबर पाएपछि प्रधानले आउँदो साता सपथका लागि राजधानी वासिंटन डिसी बोलाइएको बताएकी छिन् ।यस अघि शरणार्थी रिसेटलमेन्टमा काम गरिसकेकी प्रधानले सन २०१३ देखि आयोवास्थित एसिया प्सासिफिक आइसल्याण्डर अफेयर्स अन्तर्गत मानव अधिकार प्रमुखका रुपमा कार्यरत छिन । भारतको इण्डिया इन्ष्टिच्युट अफ टेक्नोलोजीकी विद्यार्थी प्रधान अमेरिका पुगेपछि सामाजिक काम तथा शरणार्थी व्यवस्थापनमा सक्रिय रहँदै आएकी थिइन् ।

यसै साता नेपाली अमेरिकन किरण सिटौला मेरिल्याण्ड राज्यको इन्डियन हेड सिटीको उपमेयर निर्वाचित भएका थिए । मेरिल्याण्ड राज्यको इन्डियन हेड सिटीको उपमेयर निर्वाचित सिटौला र एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति ओबामाको सल्लाहकारमा मनोनीत प्रधानले प्राप्त गरेको पद नेपाली अमेरिकनले अमेरिकी भूमिमा प्राप्त गरेको सबैभन्दा उच्च तहको सार्वजनिक पद हो ।source taja-onlinesamachar

Advertisement



प्रतिक्रिया दिनुहोस्...