.३० वर्षे रोनाल्डोको सबैभन्दा ठूलो सहयोग
Advertisement

आइतबार, बैशाख २७,
पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले महाभुकम्प पीडित नेपालीको सहयोगका लागि करिब ८० करोड ५० लाख रुपियाँ (७० लाख युरो) दिएका छन् ।



विश्वकै सबभन्दा धनी स्पेनी क्लब रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले भुकम्प पीडित नेपालीलाई सहयोगस्वरुप ७० लाख युरो सेभ द चिल्डेनलाई दिएको खबर फ्रान्सेली स्पोर्ट्स म्यागजिन ‘सो फुट’लाई उल्लेख गर्दै बेलायतको द टेलिग्राफले जनाएको छ ।

सो फुटका अनुसार भन्दै यसलाई टेलिग्राफ, डेली मेल, मिरर र द डेली स्टारजस्ता ठूला मिडियाले शनिबार राम्रै् स्थान दिएका छन् । तर, रोनाल्डोकै अफिसियल फेसबुक, ट्विटर र वेभपेज तथा सेभ द चिल्ड्रेनले भने त्यसबारे केहि जानकारी दिएको छैन ।

 ३० वर्षे रोनाल्डोले व्यक्तिगत रुपमा यो सबैभन्दा ठूलो सहयोग भएको समाचार कान्तिपुर दैनिकले छापेको छ । गोरखाको वारपाकलाई केन्द्रविन्दू बनाएर १२ वैशाखमा ७.६ रेक्टरको भुकम्प गएको तीन दिनभित्रै रोनाल्डोले भुकम्पबाट प्रभावित बालबालिकालाई सेभ द चिल्ड्रेनमार्फत् राहत दिनको लागि ट्विटर फेसबुकमार्फत् अपिल गरेका थिए । सेभ द चिल्ड्रेन नेपाललाई सहयोगको लागि १ करोड डलर संकलन गर्ने अभियानमा छ ।

दुई वर्षअघि सेभ द चिल्ड्रेनको ग्लोबल आर्टिस्ट एम्बासडोर भएका उनी मैदानमा निक्कै आक्रमक देखिन्छन् तर मैदानबाहिर भने दयालु र सहयोगी छन् । उनले गत वर्ष १० महिने बालकको उपचारको ब्रेन सर्जरीको लागि ६० हजार युरो (करिब ६० लाख रुपियाँ) दिएका थिए । सन् २००४ मा इन्डोनेसियामै पुगेर उनले भुकम्प पीडितलाई सहयोग गरेका थिए । गरिब परिवारमा जन्मिएका उनले गृहनगर मेडिइरा, मध्यपूर्वको युद्धभूमि गाजा, अफ्रिकामा इबोलाविरुद्धको अभियानमा पनि ठूलै सहयोग गरेका थिए ।

पोर्चुगलको स्पोर्टिङ र इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडका यी पूर्वखेलाडीको फेसबुकमा १० करोड २० लाख र ट्विटरमा ३ करोड ५४ लाख फलोअर्स छन् । उनी फोव्र्सका अनुसार ८ करोड डलर (करिब ८० करोड रुपियाँ) सहित सन् २०१४ मा सबभन्दा बढी कमाउने फुटबलर हुन् । उनको बार्षिक तलब ५ करोड २० लाख डलर छ । उनले अरु कमाई इन्डोर्समेन्टबाट गरेका हुन् । बजार प्रवर्धनको लागि सबभन्दा प्रभावशाली खेलाडी मानिएका उनी तीन पल्टका फिफा बेलुन डे’ओर (विश्वको सर्बोत्कृष्ट फुटबलरको अवार्ड) विजेता हुन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Advertisement



प्रतिक्रिया दिनुहोस्...