यसरी प्रेम गरेको आरोपमा एक युवक र युवतीलाई सजाय
Advertisement
भारतको गुजरात राज्यअन्तर्गत तेजगढको देवलिया गाउँमा प्रेम गरेको आरोपमा एक युवक र युवतीलाई सार्वजनिक रुपमा अपमानित गरिएको छ। चार कक्षामा अध्ययनरत किशोर र ११औं कक्षामा अध्ययनरत युवती एकअर्कालाई माया गर्थे । केही दिनअघि दुवै गाउँबाट भागेका थिए ।
उपहारका रुपमा उनीहरुलाई गोबर र किलाको माला दिइयो । युवकका आमाबाबुमाथि ५ हजार र युवतीका आमाबाबुलाई दश हजार जरिवाना पनि गराइयो । यो सबै घटना युवक र युवतीको परिवारको सहमतिमै भयो ।
प्रेम गर्ने किशोर र किशोरीको परिवारलाई फेरि गाउँमा देखिए पाँच लाख जरिवाना गराउने चेतावनी दिइयो । यस्तो सजाय दिँदै गर्दा किशोर र किशोरी खुब रोए । तैपनि गाउँलेले उनीहरुप्रति सहानुभूति देखाएनन् ।source ratopati
Advertisement