"सरकार दोस्रो पुस्तालाई दिऊँ, धेरै लोभ नगरौं : भट्टराई
Advertisement
पुनर्निर्माण गर्न राष्ट्रिय सरकार'
काठमाडौं : महाभूकम्पपछिको राष्ट्रिय विपत्ति सामना गर्न राष्ट्रिय सरकार बनाउनुपर्ने सुझाव पूर्वप्रधानमन्त्रीहरूले दिएका छन्। संसद्को शनिबारको बैठकमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले महाभूकम्पपछिको विपत्ति सामना गर्न र मुलुक पुनर्निर्माणका लागि राष्ट्रिय सरकार बन्नुपर्ने बताए।
उनले हाम्रो पुस्ताको सबैभन्दा त्रासदीपूर्ण र विनाशकारी भूकम्प बेहोरेको उल्लेख गर्दै सूचना गर्दागर्दै र भन्दाभन्दै महाभूकम्प आएको र मुलुकलाई ठूलो विनाश गराएको बताए।
विनाशकारी भूकम्पको जोखिम न्यून गर्न नसकेको उल्लेख गर्दै उनले असफलताको जिम्मेवारी सबैले लिनुपर्ने र आफ्नो भागको जि मेवारी वहन गर्न आफू तयार रहेको बताए। 'विनाशको समस्या नयाँ चेत र सोचले मात्रै समाधान गर्न सम्भव हुन्छ', उनले भने।
विपत्का बेलामा जनताले नेताको आलोचना गर्नु सामान्य भएको उनले बताए। उनले भने, 'हामीप्रति जनताको आशा र विश्वास टुटेको छ। प्रधानमन्त्रीकै नेतृत्वमा विज्ञहरू राखेर अधिकारसम्पन्न राष्ट्रिय नवनिर्माण प्राधिकरण बनाउनुपर्छ। यसो ग:यौं भने पाँच वर्षमा भूकम्पको क्षतिपूर्ति गर्न सक्छौं।'
खर्च नभएको एक सय ५० अर्ब र राष्ट्रिय ऋणपत्र गरी ६ सय अर्ब र बाह्य सहयोगसमेत गरी करिब १० खर्बको कोष खडा गरी नयाँ निर्माणमा अघि बढ्न उनले सरकारलाई आग्रह गरे।
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय विपत्तिका बेला सरकारको उपस्थिति कमजोर भएको भन्दै राष्ट्रिय सरकार बनाउनुपर्ने बताए। 'यस्तो बेला राष्ट्रिय सहमतिको सरकार गठन गर्न सक्यौं भने मुलुकको हित हुन्छ', नेपालले भने। विपत्कै समयमा देश जाग्नुपर्ने र राष्ट्रिय एकताको प्रदर्शन हुनुपर्ने उनले बताए।
भूकम्पका हिसाबमा देश उच्च जोखिममा रहेको थाहा हुँदाहुँदै र आफैं प्रधानमन्त्री हुँदा विपत् जोखिम राष्ट्रिय नीति तय भए पनि अगाडि बढाउन नसकेकोमा उनले दु:ख व्यक्त गरे। उनले भने, 'अब विपत्बाट मुलुक जोगाउन निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुप:यो। फास्ट्र्याक बन्नुपर्यो। मध्यपहाडी राजगमार्ग बन्नुपर्यो।' जनताले आफूहरूसँग चाउचाउ होइन राहत, राहत होइन घर मागेको उनले बताए।
एमालेका अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाभूकम्पबाट मुलुक लाई राहत दिन राष्ट्रिय सरकार र साझा कार्यक्रम आवश्यक रहेको बताए।
राष्ट्रका सम्पूर्ण शक्ति, साधन, स्रोतका साथै अन्तर्राष्ट्रिय सहयोग र सद्भावलाई पनि सदुपयोग गर्नुपर्ने उनले बताए। नेपालका सबै राजनीतिक दलले स्वयंसेवक दलका रूपमा काम गर्नुपर्ने धारणा पनि उनको थियो। 'राष्ट्रिय सरकार बनाउने तर्फ सबैको सकारात्मक सोच हुनुपर्छ। यस्तो सरकारले मात्र पुनर्निर्माण प्रक्रियामा प्रवेश गर्न सक्छ', उनले भने।
पूर्वप्रधानमन्त्री एवं कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले महाविपत्तिको यो समय जनताद्वारा सरकार र नेताको आलोचना भयो भन्दै नआत्तिन आग्रह गरेका छन्। उनले भने, 'आलोचनाबाट प्रजातन्त्र खतम हुन्छ भन्दै चिन्ता गर्नु हुँदैन। लोककतन्त्रको सौन्दर्य भनेकै जनताद्वारा नेतृत्वको आलोचना हो।'
उनले आफ्नै बारे देउवा कहाँ गयो भन्दै आलोचना भएको उल्लेख गर्दै प्रश्न गरे, 'आपत्तिमा जनताले हामीलाई नभने कसलाई भन्ने?' नेतृत्वको टीकाटिप्पणी स्वाभाविक भएको उनले बताए। भवन निर्माणमा कडा नीति ल्याउनुपर्ने उल्लेख गर्दै भूकम्पजस्तो विपत्तिको सम्बोधन गर्न बेग्लै मन्त्रालय आवश्यक रहेको उनले बताए।
देउवाले विपत्तिमा दातृ संस्था र मित्रहरूको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै सरकारले एकद्वार प्रणाली लिन नहुने बताए। राहात सामग्री बोकेको कार्गो अझै आउन नसकेकोले नियमति उडानभन्दा कार्गोलाई अवसर दिन देउवाले सरकारसँग आग्रह गरे।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले रेडक्रसले राहत वितरणका नाममा समानान्तर सरकार चलाएको आरोप लाए। उनले भने, 'रेडक्रसले जिल्ला प्रशासन कार्यालयलाई टेरेको छैन। यसले सरकारमा रहेका पार्टीहरूलाई राहत दिने कार्य गरिरहेको छ। राहतमा के छ, त्योसमेत प्रस्ट छैन।' सत्तारूढ दलका नेताहरूले आफूखुसी राहत बाँड्नु राम्रो नभएको उनले बताए।
तराईमधेस लोकतान्त्रिक पार्टी संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले सरकारमा समन्वय अभाव देखिएकाले भूकम्पपीडितको उद्धार तथा राहतमा कमी भएको बताए। उनले १४ जिल्लामात्र नभएर भूकम्पबाट ७५ जिल्लै प्रभावित भएको धारणा राखे।
कहिल्यै पहाड नदेखेका मधेसीहरूले टेलिभिजनमा यहाँको विपत्ति देखेर दु:खको अनुभू ति गरेर सहयोगमा जुटेको उनले बताए। 'भूकम्पका कारण मधेस, पहाड जाताततै आएको ऐक्यबद्धता र सहयोगी भावनालाई अझ प्रोत्साहन दिनुपर्छ', उनले भने।source tajakhabar
Advertisement