मोटोपन घटाउन तरिकाहरु
Advertisement
लाग्नसक्छ मोटोपन घटाउन दिनमा कम भन्दा कम पटक खानेकुरा खानुपर्छ । बढिमा दुइपटक, अझ सकियो भने त एक छाक मात्र । तर होइन, विज्ञहरुका अनुसार मोटोपन घटाउन अर्थात् वजन नियन्त्रण गर्नका लागि दिनमा ६ पटक भोजन गर्नु सबैभन्दा उत्तम हुन्छ ।पोषण विज्ञका अनुसार पटक पटक तर थोरै थोरै खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
दिनमा बिहान, दिउसो र बेलुका गरी तिन पटक मात्र मनग्गे खानेकुरा खानुभन्दा त्यति नै खानेकुरालाई ६ पटक लगाएर खाँदा मोटोपन नियन्त्रण तथा पाचन क्रिया सम्बन्धि विभिन्न समस्याबाट समेत मुक्ति मिल्दछ ।हरेक पटकको भोजनमा खानेकुराको थोरै परिमाण समावेश गर्दा सरीर स्वस्थ बन्ने तथा सरीरको बोसोमुक्त जैविक पिण्ड नास हुने सम्भावना पनि कम हुने विज्ञहरुको भनाइ छ ।
कम तर छिटो छिटो खानेकुरा खानु स्वस्थपूर्वक वजन घटाउने कुराको मुख्य अस्त्र रहेको अनुसन्धानकर्ताहारुले निष्कर्ष निकालेका छन् ।अमेरिकाको क्यालिफोर्निया तथा न्यु मेक्सिको विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा दुइथरी भोजन शैलीबीच दुइ हप्तासम्म तुलना गरियो । ती मध्ये एक समूहमा दिनको दुइ पटक भोजन गर्ने मानिस थिए भने अर्को समूहमा दिनमा ६ पटक भोजन गर्ने मानिस समावेश थिए ।
दुबै समूहले दिनभरमा खाने खाना तथा प्राप्त गर्ने क्यालोरीको मात्रा बराबर थियो । दुइ हप्तासम्मको अध्ययनका क्रममा दुबै समूहका मानिसहरुको वजन घटेको पाइयो । तर दिनमा ६ पटक भोजन गर्ने समूहका मानिसको शारीरिक संरचना बढि स्वस्थ रहेको र वजन घट्ने क्रममा बोसो बाहेकको जैविक पिण्डको नोक्सानी कम भएको पाइयो । अर्थात् दिनमा ६ पटक भोजन गर्ने मानिसमा केवल बोसो मात्र घट्यो तर अन्य तन्तुहरुमा क्षति पुगेन ।
साथै उनीहरुमा रगतमा ग्लुकोजको मात्रा पनि सन्तुलित तथा स्वस्थ तहमा रहनुका साथै इन्सुलिन र कोलेस्ट्रोल समेत सन्तुलित मात्रामा पाइयो ।यसबाट शोधकर्ताहरुले निष्कर्ष निकालेका छन्, ‘यदि तपाइँ तौल घटाउने प्रयासमा हुनुहुन्छ भने निर्धारित खाना दिनको ६ पटक खानुहोस् । यसो गर्दा बोसोजन्य पदार्थ घट्दछ तर सरीरको अत्यावश्यक बोसोरहित जिवपिण्ड भने सुरक्षित रहन्छ ।’
Advertisement