.भुइँचालो आउँदा सभासद् र मन्त्री भागाभाग
Advertisement

काठमाडौं : आइतबार दिउँसो ३ बजेर २३ मिनेटमा आएको भुइँचालोले संविधानसभा भवनमा रहेका सभासद्हरुबीच भागाभाग भएको छ ।


भूकम्प पीडितको राहतका लागि सरकारले पेश गरेको संकल्प प्रस्तावमाथि सभासद्हरुले बोलिरहेका बेला भुइँचालोले झट्का दिएपछि सभासद्हरु आत्तिँदै बाहिर निस्केका हुन् । १२ म्याग्निच्यूटसम्मको

भुइँचालो थेग्ने भनिएको नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बैठक चलिरहँदा सिंचाईमन्त्री एनपी साउद र करिब २० जना सभासद्हरु आत्तिँदै बाहिर निस्केका हुन् ।

भुकम्पले धक्का दिइरहँदा सभामुख सुवास नेम्वाङ भने आफ्नै कार्यकक्ष बसिरहेका थिए । भुइँचालो जाँदा बैठकको सञ्चालन सभासद् सुशीला नेपालले गरिरहेकी थिइन् ।

भुइँचालोले हल्लार्इरहँदा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, कांग्रेसका महामन्त्री कृष्ण सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का र एमाले उपमहासचिव विष्णु पौडेललसहितका नेताहरु पनि सभामुख नेम्बाङकै कार्यकक्षमा थिए ।

उनीहरु भाग्ने नभाग्ने अलमल गरिरहँदा भुइँचालोले करिब ५ सेकेन्डसम्म धक्का दिइसकेको थियो ।source:taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...