.धुर्मुस भन्छन्- एक छाक खान नपाउँदाको पीडा मैले भोगेको छु
Advertisement

ललितपुर । भूकम्प पीडितलाई राहत सामाग्री वितरण गर्दै हिँडेका हास्य कलाकार सीताकाम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले पुनःनिर्माणमा जुटेका छन् ।

नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ तथा ललितपुरका विभिन्न स्थानमा पुगेका यी कलाकार आफूहरुले पनि गरीबी भोगेको धारणा राख्छन् । ‘एक छाक खान नपाउँदा कस्तो पीडा हुन्छ मैले पनि अनुभव गरेको छु,’ धुर्मुसले भने ‘गरिबीको पीडा पनि मलाई राम्ररी थाहा छ, त्यसैले महाविपत्तिका बेला सकेको सहयोग गर्‍यौं ।’
दुई महिनाको कार्यक्रम लिएर अमेरिका गएका धुर्मुस र सुन्तली नेपालमा भूकम्प आएपछि कार्यक्रम छोट्याएर फर्किएका थिए । उनको समुहमा भद्रगोलको टोली पनि समावेश भएको छ ।
एक सातादेखि हरेक दिन उनीहरु राहत र उद्धारमै सक्रिय छन् । ‘हामी अहिले सगुन डटकम, गणेशमानसिंह हस्पिटल, जीवन विज्ञान समूह लगायतका संस्थाको सहकार्यमा भूकम्प पीडितलाई राहत वितरण घाइतेहरुको उद्धार कार्यत्रमा ब्यस्त बनेका छौँ,’ उनले भने ।
भद्रगोलका कलाकार हरी निरौला ‘कक्रोज’ कुमार कट्टेल ‘जिग्री’ मेरी बास्सैका कलाकार गोपाल लामा कार्की दाई समेत राहत वितरणका लागि उत्तिकै खटेका छन् ।
भूकम्प पीडित जिल्लामा राहत वितरण कार्य सकिएपछि पीडितका लागि ओछ्याउने म्याट र चर्पी बनाईदिने योजनामा छन् उनी ।
‘विभिन्न संघ-संस्थासँग अस्थायी ‘चर्पी’ र तत्काल पुर्नवासको अभियानका लागि कुराकानी गरिरहेका छौँ,’ उनले भने ‘हामी छिट्टै भूकम्प प्रभावित क्षेत्रमा अस्थायी चर्पी निर्माणको अभियान लिएर जान्छौँ ।’
त्यसो त धुर्मुस सुन्तली नेपालको सरसफाई दुत पनि हुन् ।source:scout nepal



Advertisement



प्रतिक्रिया दिनुहोस्...