-तपाईको आजको दिन राशिफल हेरेर सुरुवात गर्नुहोस ..होला !
Advertisement
आजको राशिफल
aries
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सहयोगीहरूले चाहेजस्तो साथ दिन सक्ने छैनन् । पुराना र रोकिएका कामका कारण झमेला ब्यहोर्नु पर्छ । आवेगमा संयमता र बोलीमा सुमधुरता ल्याए काम बन्नसक्छ । इच्छाको कदर हुनेछैन, काम गर्दा गोप्य राख्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनुहवस् । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने दिन हो । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन छ । घरपरिवार र साथीभाइको सहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक उत्साह र जाँगरमा बृद्धि हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । दिन रमाइलो गरी बित्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, परिवारकै सदस्यबाट धोका हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Advertisement