तातो हावाले ३३५ भन्दा बढीको मृत्यु
Advertisement

१० जेठ, एजेन्सी
भारतका विभिन्न स्थानमा तातो हावा ‘लु’ का कारण तीन दिनमा ३ सय ३५ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लु का कारण दक्षिण भारतमा बढी मानिसको ज्यान गएको छ ।
शनिबार मात्र तेलंगाना र आन्द्र प्रदेशमा लु का कारण १३५ मानिसको ज्यान गएको छ भने भारतभरीमा ३३५ जनाको ज्यान गैसकेको सञ्चार माध्यमले जनाएका छन् ।

भारतमा दिल्ली लगायतका क्षेत्रमा तापक्रम ४४ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

गर्मीले तेलङ्गाना, आन्द्र प्रदेश, ओडिशा, महाराष्ट्र, पश्चिम बंगाल लगायतका क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

भारतीय मौषम विज्ञान विभागले आइतबार र सोमबार पनि पञ्जाव, हरियाणा, दिल्ली एनसीआर, पश्चिमी उत्तर प्रदेश, बिहार, दक्षिण र पश्चिमी मध्य प्रदेश तथा राजस्थानमा लू जारी रहने जनाएको छ ।
स्रोत : नेपालीहेडलाइन्स

Advertisement



प्रतिक्रिया दिनुहोस्...