भिसा लागेन ? यसो गर्नुहोस् …
Advertisement
एजेन्सी । कुनै पनि देश प्रवेशकोलगि प्रवेश आज्ञा (भिषा) पहिलो शर्त हो ।
भिसाकालागी सम्वन्धित देशले मागेका कागजपत्र व्यवस्था हुदा हुदै पनि कहिलेकाहि भिसा सम्वन्धि समस्या पर्नु सामान्य जस्तो भइसकेको छ ।
अष्ट्रेलियामा शिक्षा, रोजगारी, तथा दीर्घकालिन वसाइको लागि अष्ट्रेलिया प्रवेश गर्नेहरुको संख्या बढी भएपनि अपछिल्लो समय आवेदन दिनेहरुको आवेदन रद्द हुन थालेको छ । विशेषत अष्ट्रेलियामा रहनेले थप समयको लागि माग गरेको भिषमा समस्या आउने गरेको छ ।
त्यस्तै जापानमा समेत पहिलो भिसा अवधि सकिएपछि आवस्यक काजगपत्र र कामको अवधि कर लगायतका विषयमा देशले तोकोको मापदण्ड पुरा गर्न अवस्यक छ ।
त्यसर्थ, विद्यार्थी भिसामा विदेश जान चाहने जो सुकैले पनि संवनिधत देशले माग गरे बमोजिको आवस्यकता पुरा गर्न जरुरी छ । आफ्नो विद्यार्थी भिषा सुरक्षित पार्न निम्म अनुसारको तरिका अपनाउन सकिन्छ ।
– आफ्नो व्यक्तिगत विबरणमा विशेष ध्यान दिनुहोस्
–अध्ययन गर्न जाने संवन्धित विषयमा ५० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्ने कोसिस गर्नुहोस् ।
– ८० प्रतिशत भन्दा वढी कक्षामा संलग्नता पु¥याउनुहोस् अथवा विश्वविद्यालयले तोकेका
मापदण्ड पुरा गर्नुहोस् ।
– अस्थाई बसोबास, फोन नम्वर, इमेल आइडी परिवर्तन भएमा ७ दिन भित्रमा जानकारी गराउनुहास् ।
– २० घण्टा भन्दा बढी काम नगर्नुहोस् वा देशले तोकेको मापदण्ड लाई ख्याल गर्नुहोस् ।
– पहिलो छ महिना भन्दा कम समयमा आफुले अध्ययन गरिरहेको विषय परिवर्तन नगर्नुहास् ।
Advertisement