.ऋषि कपुरले पनि छाडेनन् आलियालाई...
Advertisement
बलिउड नायिका आलिया भट्टले ‘कफी विथ करण’मा भारतका राष्ट्रपतिको नाम नजानेपछि उनको बिषयमा हजारौ जोक्स बने ।
उनले ट्विटरमा ट्विट गर्दै लेखेका छन्-‘आलियाले पत्रिकामा पुलिसले ८० केजीको हेरोइन समातेको पढिन् । आलियाले भनिन्, सोनाक्षीलाई किन समातेको ?’
ऋषि र आलिया अहिले ‘कपूर एन्ड सन्स’ नामक चलचित्रमा काम गरिरहेका छन् । उनै ऋषिले आलियाको सामान्य ज्ञानको मजाक उडाएपनि उनीसँग काम गर्न रमाइलो भैरहेको लेखेका छन् ।
उनले यो ट्विटमा सोनाक्षीको पनि मजाक उडाएका छन् । जब ट्विटरमा यसबारेमा प्रतिक्रिया आउन थाल्यो तब ऋषिले तत्काल जवाफ दिदै आलिया र सोनाक्षी आफ्नो छोरी जस्तै भएको बताएका छन् । उनले आफूले उनीहरुसँग मजाक गर्न पाउने छुट पाएको बताएका छन् ।source taja khabar
Advertisement