-तिम्ल्याहा दाजु भाई तिनै जना डाक्टरले एकै जना केटी मन पराए पछि.. बाँकी आफै पढ्नुहोस्..
Advertisement

उनीहरुका रुचीका विषयमा गरेको प्रश्नमा सौजनले भने, ‘कुनैबेला केटी समेत एउटै मन पथ्र्याे ।’ सँगै आमावुवा देखेपछि लजाउँदै उनले तीन भाईले यस विषयमा सहमति खोजेको बताए ।  अहिले भने उनीहरुले फरक केटी रोज्ने गरेको खुलाए ।


वुवाआमाको रोजाइमा पहिरन लगाउने उमेरसम्म एउटै खालको पहिरन लगाए । पछि उनीहरुलाई फरक देखिने चाहना हुन्थ्यो तर एउटै कलरको उस्तै पहिरन सबैलाई मन परेर हैरान हुन्थ्यो । कान्छा सौरजले भने, ‘सामूहिक पहिचानबाट आफ्नै पहिचान बनाउने भनेर फरक लुगा लगाउने सोचिन्थ्यो । तर, एउटै कलर र उस्तै डिजाइन मन पर्दा अप्ठ्यारो पथ्र्याे ।’

अचेल उनीहरु फरक रंगको पहिरन लगाएर मात्रै सँगै हिड्छन् । पढाइमा अब्बल छँदैछन् । उनीहरु खेलकुद गायन र मोडलिङमा समेत रुची राख्छन् । तीन जनाकै स्वर दुरुस्तै छ । तर, गीत गाउँदा एकअर्काको आवाज सुनेर समेत आनन्द लिन्छन् । सौरभले भने, ‘साथीहरु अनुहार नदेखेसम्म कसले गीत गुनगुनाउँदैछ भन्नेसम्म पत्तो पाउदैनथे ।’

एउटालाई मन परेको गीत समेत तीनजनालाई मन पर्ने माइला सौजनले बताए । वुवा शिवप्रसाद देवकोटा भने एउटै विषयमा सबैको समान रुची भएकैमा दंग पर्थे । भने, ‘छोराहरुलाई हामीले भेदवभाव गरेको जस्तो देखिएला भनेर साह्रै चिन्ता लाग्थ्यो ।’  उनीहरुकी आमा सकुन्तलाले सन्तुष्टि पोखिन्, ‘हामीले समान व्यवहार गरेर यहाँसम्म पु¥यायौँ, अब अघि आफ्नै तरिकाले बढ्छन् ।’ स्वास्थ्य खबरपत्रिकामा समाचार छ ।
Source: Dainik Nepal..



Advertisement



प्रतिक्रिया दिनुहोस्...