.यस्तो छ फेसबुक मालिक जुकरबर्गको अनौठो जिवन
Advertisement
असार ०७ , विश्वमा १ अर्ब ४० करोड मानिसले अहिले फेसबुक चलाउँछन् । यति वृहत प्रयोगकर्ताको संजालका कारण फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट बनेको छ र सोही कारण फेसबुकले
हार्वर्ड विश्वविद्यालयबाट पढाइ छाडेका (हार्वर्ड ड्रपआउट) जुकरबर्गको वर्तमानको खुद सम्पत्ति ३३ अर्ब ४० करोड डलर रहेकेा छ र उनी विश्वका अर्बपतिको सूचिमा १६ औँ नम्बरमा रहेका छन् ।
आखिर यति सानै उमेरमा विश्वकै टप ट्वान्टी अर्बपतिको सूचिमा पर्न तथा विश्वका सर्वाधिक सफल सिइओ बन्न कसरी सफल भए छ जुकरवर्ग ? उनको जिवनका केही रोचक तथा प्रेरक प्रसँगहरु छन् । जुन यस्ता छन्-
· बुवा दन्तचिकित्सक इडवार्ड र आमा मनोविज्ञ करेनका चार सन्तानमध्ये कान्छा हुन् मार्क जुकरबर्ग। जसको जन्म न्युयोर्कको डब्स फेरीमा भएको थियो । उनी सानैदेखि विलक्षण प्रतिभाका धनी थिए र १२ वर्षको उमेरमै अटारी बेसिकको प्रयोग गरी मेसेजिङ प्रोग्राम जकनेट निर्माण गरेका थिए । बाल्यकालमै उनले आफ्ना साथीहरुका लागि कम्प्युटर गेम बनाइदिएका थिए ।
· न्यु ह्याम्पसाएको चर्चित फिलिप्स एक्जेटर एकेडेमीमा माध्यामिक शिक्षा अध्ययन गर्दागर्दै उनले म्युजिक स्टि्रमिङ प्लेटर्फम निर्माण गरेका थिए । उनले बनाएको त्यो अनलाइन म्युजिक स्टि्रमिङ प्लेटर्फमप्रति माइक्रोसफ्ट तथा अमेरिका अनलाइन लगायतका कम्पनीले चासो देखाएका थिए । किशोरावस्थामा उनले आफुले निर्माण गरेका प्रविधि कसैलाई बेच्न तथा कुनै कम्पनीमा गएर जागिर खान अस्विकार गरे ।
· जुकरबर्ग केवल कम्प्युटरका किरो मात्र थिएनन् । उनले दी ओडिसी महाकाव्य जस्ता क्लालिस कलामात्र होइन खेलकुदमा पनि रुची राख्दथे । उनी आफ्नो स्कुल पढ्दा फेन्सिङ टीमको कप्तान नै थिए ।
· सन् २००२ मा हार्वर्ड विश्वविद्यालयमा पढाइ सुरु गरेलगत्तै उनले सीपालु कम्प्युटर प्रोग्राम निर्माताको रुपमा ख्याति कमाउन थाले । उनले आफ्ना धेरै साथीहरुसँग मिलेर फेसबुक सुरु सरे । पछि फेसबुकमा फुलटाइम खर्चिनका लागि उनले हार्वर्ड विश्वविद्यालयको पढाइ नै छाडे ।
· हार्वर्ड विश्वविद्यालय ड्रप आउट गर्नुअघि उनको भेट भएकेा थियो हालकी श्रीमती प्रिसिला चानसँग । उनीहरुबीच एउटा पार्टीमा भेट भएको थियो । पहिलो डेटिङको रोचक प्रसँगका बारेमा चानले भनेकी छिन्, ‘हाम्रो पहिलो डेटिङमै उसले भनेको थियो की अर्धवाषिर्क परीक्षाको प्रोजेक्ट सकाउनु भन्दा तिमीसँग डेटिङ जान मनपर्छ ।’
· जुकरबर्ग अल्लारे उमेरमै रहँदा जुकरबर्गले फेसबुकमा महत्वपूर्ण साझेदार भित्राए र थप लगानीकर्तामार्फत १ करोड २७ लाख डलर रकम उठाउन सफल भए । सन् २०१० मा उनलाई टाइम म्यागेजिनले विश्व वर्षव्यक्ति घोषणा गर्यो ।
· प्रविधि जगतका कममात्रै सिइओहरुलाई ठूलो पर्दाको फिल्मी दुनियामा अजर अमर बन्ने सौभाग्य प्राप्त हुन्छ । जुकरबर्ग त्यसमध्येका एक हुन् । दी सोसल नेटवर्क नामक हलिउड फिल्म जुकरबर्ग र फेसबुककै कथामा आधारित छ । यो फिल्मले विभिन्न ८ विधामा एकेडेमी अवार्ड प्राप्त गर्यो । तथापि जुकरबर्गले यो फिल्मका कतिपय तथ्यहरु गलत रहेको अडान छाडेनन् ।
· दी सोसल नेटवर्क फिल्मको कथा आरोन सर्किनले लेखेका हुन् । भलै जुकरबर्गलाई यो चलचित्र मन नपर्ला तथा आरोनको बहुचर्चित टेलिभिजन शो दी वेष्ट विंगका सबैभन्दा ठूला फ्यानमध्ये जुकरबर्ग पनि एक हुन् ।
· जुकरबर्गले सन् २०१२ को मे १८ मा फेसबुक कम्पनीलाई सार्वजनिक कम्पनीको रुपमा ल्याए । शेयर बजारमा आएकै दिन फेसबुकको शेयर मूल्य आकाशियो । कम्पनीले शेयरधनीबाट १६ अर्ब डलर उठाउन सफल भयो । यो प्रविधि कम्पनीको इतिहासमा सबैभन्दा ठूलो आइपिओ थियो । अलिबाबा कम्पनीले गतवर्ष मात्र फेसबुकको यो इतिहास तोडेको थियो ।
· फेसबुकले उचाइ लिइरहँदा चान र जुकरबर्ग अफेयरमै रमाइरहे । फेसबुक सार्वजनिक कम्पनीको रुपमा गएको अर्को दिनमात्रै यी दुइले विवाह गरे । तर उनीहरुको विवाह सुटुक्क भयो भन्दा पनि हुन्छ । धेरैको अपेक्षा भन्दा विपरित निकै सामान्य खालको विवाह भयो । पालो अल्टोस्थित घरमा विवाह सम्पन्न भयो । निकै कममात्र पाहुना उपस्थित थिए र त्यो विवाह जस्तो पनि लाग्दैनथ्यो । चानले माध्यामिक विद्यालय उत्तीर्ण गर्दा ताकाको सामान्य पार्टी पो हो की जस्तो लाग्थ्यो त्यो विवाह समारोह ।
· विवाह समारोहमा ग्री डेका बिली जोए आर्मस्ट्रङले प्रस्तुती दि एभने बेहुली प्रिसिलाको लागि जुकरबर्गले आफै औँठीको डिजाइन गरेका थिए ।
· उनीहरुले आफ्नै निजि हवाइजहाजमा इटालीमा गएर हनिमुन मनाए । पाँचतारे होटेल पोट्रेट सुइट्समा बसे, जहाँ एक रात बसाइको प्रतिकोठाको शुल्क ८ सय युरो थियो । पापाराजीहरुले त्यहाँपनि छाडेनन् त्यो जोडीलाई । अनि म्याकडोनाल्ड खाइरहेको अवस्थामा फेला पारेर क्लिक गरिहाले ।
· जुकरबर्ग दम्पती हरेक वर्षको डिसेम्बरमा छुट्टी मनाउन दुइ हप्ताजति बाहिर जाने गरेको छ र कहिलेकाहीँ चानको परिवारलाई भेट्न चीन समेत आउने गरेका छन् ।
· जुकरबर्गले चिनिया भाषा पनि सिकेका छन् । उनको मन्दारिन भाषा अब्बल बन्दै गएको छ । उनले सन् २०१४ मा झण्डै आधा घण्टाको प्रश्नोत्तर सत्र मन्दारिन भाषामै चलाएका थिए ।
· जुकरबर्ग र चानले घरमा बिस्ट नामको हंगेरियन कुकुर पालेका छन् । यो कुकुरको आफ्नै फेसबुक पेज छ ।
· बेलाबखतमा फेसबुकको शेयर बेचेरै जुकरबर्गलाई मनग्गे पैसा आउँछ, त्यसैले उनलाई तलब चाहिँदैन । जुकरबर्गले वर्षको १ डलर तलब थाप्छन् । तर उनको निजी चाटर्ड जहाजका लागि मात्र सन् २०१४ मा ६ लाख १० हजार डलर भन्दा बढि खर्च भएको थियो ।
· विश्वका १६ औँ ठूला अर्वपति भएपनि जुकरबर्ग कन्जुस छन् भन्ने आरोप लाग्छ । अर्थात् उनले फजुल खर्च गर्दैनन् । टेलर विन्कलेभोसले एक अन्तरवार्तामा भनेका छन्, ‘मैले जिवनमा देखेका मध्ये उनी सबैभन्दा गरीब धनीमान्छे हुन् ।’
· पोषाकमा खासै चुजी छैनन् जुकरबर्ग । उनले कुनै डिजाइनर सुट लगाउदैनन् । प्रायः हुड वा खैरो टिसर्टमा देखा पर्छन् ।
· जुकरबर्गको कालो भक्सवागन जिटिआइ कार छ । जसको मूल्य ३० हजार डलर भन्दा बढि पर्दछ ।
· जुकरबर्गले आफ्नो गोपनीयता तथा एकान्तबासका लागि भने खर्चिन्छन् । सन् २०१४ को अक्टोबरमा उनले हवाइको काउइ टापुमा ७५० एक्कड जमिन १० करोड डलरमा किनेका छन् । त्यहाँ उनले आफ्नो निजी आवास बनाउने योजना बनाएका छन् ।
· पालो अल्टोमा उनको ५ हजार वर्गफुटमा फैलिएको निजी घर छ । जसलाई उनले साढे ४ करोड डलरमा किनेका हुन् ।
· उनले सनफ्रान्सिस्कोमा पनि १ करोड डलरमा बंगला किनेका छन् र सो घरको सिंगारपटार तथा थपथापका लागि १० लाख डलर थप खर्चिएका छन् । सनफ्रान्सिस्कोका आफ्नो घरको मर्मत गर्ने क्रममा उनले कामदारहरुलाई घरको कार पार्किङमा कारभित्रै रातमा सुत्न बाध्य पारे ।
· जुकरबर्ग दानी पनि छन् । उनले सिलिकन भ्याली कम्युनिटी फाउन्डेसनलाई ९९ करोड २० लाख दान गरेका छन् । त्यस्तै सनफ्रान्सिस्को जनरल अस्पताललाई साढे ७ करोड आर्थिक सहयोग प्रदान गरेका छन् ।
· जुकरबर्गले फेसबुकको पैसा पनि निकै खर्च गरिदिन्छन्, तर उत्पादनमूलक कामका लागि । जुकरबर्ग फेसबुकको हाकिम हुँदा नै इन्टाग्राम खरीद गर्न १ अर्ब डलर, वाट्सएप खरीद गर्न १९ अर्ब डलर तथा ओकुलस खरीद गर्न २ अर्ब डलर खर्चिइसकेका छन् । तर ३ अर्ब डलरमा स्नापच्याट किन्ने उनको धोको भने पूरा हुन पाएन ।
· जुकरबर्गले प्रविधि उद्योगका समकक्षीहरुसँग मात्र होइन अन्य क्षेत्रका विशेष व्यक्तिसँग पनि भेट गर्दछन् । उनले प्रायः भेट्ने मध्येकी एक हुन् ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफ । र्यापर स्नूप डग तथा व्यवसायी सीन पार्कर मात्र होइन राष्ट्रपति बाराक ओबामासँग पनि उनको भेट हुने गरेको छ ।
· सिंगापुरका एक कलाकार झु जियाले एउटा कला प्रदर्शनी उनकै नाममा समर्पित गरे र त्यसको नाम दिए दी फेस अफ फेसबुक ।
· यो वर्षको सुरुमा न्युयोर्कका एकजना कलाकारले दिसाको प्रयोग गरी जुकरबर्गको चित्र बनाए ।
· जुकरबर्ग विश्वका सबैभन्दा कम उमेरमा अर्बपति हुनेमध्येका एक हुन् । उनी आफुलाई भुइँमान्छे ठान्छन् । तर उनमा धनाढ्यमा जस्तो रवाफ छैन र निकै सामान्य जिवनशैली जिउँछन् । उनले नियमित रुपमा प्रश्नोत्तर सत्र चलाउँछन् जसलाई उनले टाउनहल नाम दिएका छन् । त्यसक्रममा उनले विश्वभरका सर्वसाधारणसँग कुराकानी तथा प्रश्नोत्तर गर्दछन्, भलाकुसारी गर्दछन् । अनलाइन खबरबाट
Advertisement