चर्चित कलाकार अमिताभ, माधुरी र प्रितीलाइ पक्राउको आदेश
Advertisement
२० जेठ, एजेन्सी।
म्यागी चाउचाउको विषयलाइ लिएर बिहारको मुजफ्फपुर अदालतले अमिताभ बच्चन, माधुरी दीक्षित, प्रिति जिंटा र नेश्ले कंपनीका एमडी मोहन गुप्ता र ज्वइंट डाइरेक्टर सबाब आलमको विरुद्धमा एफआइर जारी गर्ने आदेश दिएको छ।
चाउचाउको विज्ञापन विवादः अभिताभ, माधुरी र प्रितीविरुद्ध मुद्धा दायर
यी कलाकारहरु अनि नेश्ले कम्पनीका अधिकारीहरुको विरुद्धमा एफआइआर पछि जांच सुरुहुने जनाइएको छ। साथै जरुरत परे पक्राउ गरेर जाँच गर्न एसीजिएम रामचन्द्र प्रसादले आदेश दिएका छन्।
अमिताभ बच्चनले एउटा पत्रिकालाइ दिएको अन्तरवार्तामा उनले भनेका छन्, “मैले म्यागी बनाउने कम्पनी नेश्ले संग सोधेको थिएकी यो स्वास्थ्यको लागि योग्य छ कि छैन? कम्पनीलाइ यसमा पुरा भरोस छ नि?…मैले म्यागीको विज्ञापनको लागि हस्ताक्षर गर्ने समयमा एउटा अर्को प्रावधान पनि जोडेको थिए, कि कुनै कानुनी तवरमा यो विज्ञापन खेल्दा मलाइ कुनै समस्या आएमा कम्पनीले मलाइ बचाउने छ। अहिले, म्यागीसंगको मेरो कन्ट्र्याक्टको अवधि सकिसकेको छ अनि म्यागीको लागि अहिले विज्ञापन गरेको छैन। म बेकसुर छु'”
म्यागीको विज्ञापन गरेको मुद्धामा धारा २७२ अन्तरगत यी तीन कलाकारहरुलाइ निक्कै अप्ठेरो पर्ने देखिन्छ। यो धारा, मिसावटी खाध पदार्थ बेच्ने प्रक्रियामा सहभागी हुनेसंग जोडिएको छ। यस अनुसार दोषी ठहरीएमा अधिकतम ६ महिना जेल हुनेछ। तर उतर प्रदेशको सरकारले यो नियम संशोधन गरेको छ। उतर प्रदेशको नियम अनुसार यो कार्यको लागि अधिकतम जन्मकैदको व्यवस्था छ।

Advertisement